Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपानी नपर्दा किसान चिन्तित

पानी नपर्दा किसान चिन्तित


दोलखा ।
लामो समयसम्म हिउँदे वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । पानी नपरेका कारण किसानहरूको गहुँखेती बिग्रियो भने मकैखेती समेत लगाउन पाएका छैनन् । मकैखेती गर्नको लागि बारीमा फिँजाएको बर्खे मल बारीमै सुक्न थालेको छ । दोलखाको माथिल्लो क्षेत्रका चिसो भू–भागमा आंशिकरूपमै मकै रोप्न थालिए पनि तल्लो भेगका किसानले पानी नपरेकै कारण मकै रोप्न सकेको छैनन् । दोलखामा प्रायः सबै ठाउँमा मकैखेती हुनेगर्छ ।

किसानले धानपछिको प्रमुख बालीको रूपमा मकैखेती गर्दै आएका छन् । समयमै वर्षा हुँदा अघिल्लो वर्षहरूमा फागुनदेखि खेत तथा बारीमा मकै छर्न सुरु गरिन्थ्यो । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ३ का किसान जगत बहादुर बस्नेत भन्छन्, ‘यो पटक मौसमले साथ नदिँदा बारीका पाटा बाँझै धाजा फाटेर बसेको छ, मकै रोप्न ढिला भइसक्यो ।’ गत वर्षहरूमा चैत १ गतेदेखि मकै रोप्ने गरेका उनले अहिले भने बारी बाँझै रहेको बताए ।

गत वर्षहरूमा मकै छर्नको लागि किसानले मंसिर/पुसमै बारी तयार पारेर राख्थे तर यो पटक भिज्ने गरी पानी पर्न सकेको छैन । मकै छर्न ढिला हुँदा यो वर्ष उत्पादन घट्ने हो कि भन्ने चिन्तामा किसान छन् । दोलखाको भीमेश्वर नगरपालिका जिलुका किसान राम श्रेष्ठले मकै रोप्नको लागि खेतला खोजेर बारीमा राखेको मल अहिले सुक्न थालेको बताए । किसानले बर्खाभरि जम्मा गरेको मल खेतबारीमा हाल्ने गर्छन् ।

१५ दिनदेखि मौसम धुम्म भएर पानी पर्छ कि भन्ने आसले बारीभरि बोकेर राखेको मल बारिमै सुक्न थालेपछि बैतेश्वर पाइलेकी किसान केशरी बस्नेत पनि निराश छिन । समयमै पानी नपरेको कारण गहुँबालीबाट नोक्सान व्यहोरेका किसान मकैबालीमा पनि क्षेति व्यहोर्नुपर्ने हो कि भन्ने चिन्तामा रहेका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया