वसुन्धराश्री पुरस्कार डा रुइत र मानश्री पुरस्कार डा पुनलाई प्रदान गरिने
काठमाडौं, वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा महावीर पुनलाई प्रदान गरिने भएको छ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा विसं यही वैशाख ६ गते बसेको विशेष बैठकले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध र समुन्नत बनाउन महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ चिकित्सक डा रुइतलाई विसं २०८० को वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने वरिष्ठ वैज्ञानिक श्री डा महावीर पुनलाई विसं २०८० को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
विसं २०११ भदौ १९ गते ताप्लेजुङ जिल्लाको ओलाङचुङ्गोलामा जन्मिएका डा रुइतले तिलगङ्गा आँखा अस्पताल एवं सयौँ शिविरको सञ्चालनद्वारा लाखौँ स्वदेशी तथा विदेशी नागरिकको आँखा उपचार गरी मानवताको सेवा गरेका छन् । रुइत यसअघि उज्ज्वल कीर्तिमय राष्ट्रदीप, इसा सम्मान, रोमन म्यागासेसे र पद्मश्री विभूषणलगायत दर्जनौँ सम्मान तथा पुरस्कारबाट सम्मानित भइसक्नुभएको प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीले जानकारीदिएका छन् ।
विसं २०११ माघ ९ गते म्याग्दी जिल्लाको नाँगीमा जन्मनुभएका डा पुन नेपालमा शिक्षा, सञ्चार प्रविधि र विज्ञानको विकासमा पु¥याएको अतुलनीय योगदानका लागि रोमन म्यागासेसे र जोनाथन पोस्टेललगायत दर्जनौँ सम्मान, पदक तथा पुरस्कारद्वारा सम्मानित भइसकेका छन्।
यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर श्री माधवप्रसाद घिमिरे विसं २०५७, वरिष्ठ उपन्यासकार श्री दौलतविक्रम विष्ट विसं २०५८, वरिष्ठ कथाकार तथा नाटककार श्री गोविन्दबहादुर मल्ल ‘गोठाले’ विसं २०५९ वरिष्ठ समालोचक श्री यदुनाथ खनाल विसं २०६०, वरिष्ठ आख्यानकार श्री मदनमणि दीक्षित विसं २०६१, वरिष्ठ उपन्यासकार श्री डायमनशमशेर राणा विसं २०६२, वरिष्ठ साहित्यकार श्री इन्द्रबहादुर राई विसं २०६३, वरिष्ठ कवि श्री मोहन कोइराला विसं २०६४, वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी विसं २०६५, वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिंह प्रधान विसं २०६६, वरिष्ठ कवि श्री वैरागी काइँला विसं २०६७, वरिष्ठ कवि श्री धर्मराज थापा विसं २०६८, वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी विसं २०६९, वरिष्ठ चित्रकार श्री शशि शाह विसं २०७०, वरिष्ठ कलाकार श्री हरिप्रसाद रिमाल ९विसं २०७१, वरिष्ठ सङ्गीतकार श्री अम्बर गुरुङ विसं २०७२, वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री विसं २०७३, वरिष्ठ समालोचक प्रा डा तारानाथ शर्मा विसं २०७४, वरिष्ठ गायक श्री प्रेमध्वज प्रधान विसं २०७५, वरिष्ठ कलाकार श्री मदनकृष्ण श्रेष्ठ २०७६, वरिष्ठ आख्यानकार डा ध्रुवचन्द्र गौतम विसं २०७७, वरिष्ठ लोकगायक श्री कुमार बस्नेत विसं २०७८ र वरिष्ठ साहित्यकार श्री ठाकुरप्रसाद गुरागाईं विसं २०७९ लाई प्रदान गरेको छ ।
त्यसैगरी प्रज्ञा–प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार श्री दिनेश अधिकारी विसं २०५७, साहित्यकार श्री विनय रावल विसं २०५८, नाटककार श्री अशेष मल्ल विसं २०५९, गजलकार श्री ज्ञानुवाकर पौडेल विसं २०६०, साहित्यकार श्री मञ्जुल विसं २०६१, कथाकार श्री मधुवन पौडेल विसं २०६२, कवि श्री विष्णुविभु घिमिरे विसं २०६३, कवि श्री कृष्णभूषण बल विसं २०६४, कथाकार श्री भुवन ढुङ्गाना विसं २०६५, कथाकार श्री सनत रेग्मी विसं २०६६, कवि श्री विजय बजिमय विसं २०६७, समालोचक डा रामदयाल राकेश विसं २०६८, कथाकार डा वेञ्जु शर्मा विसं २०६९, चित्रकार श्री किरण मानन्धर विसं २०७०, कलाकार श्री नीर शाह विसं २०७१, गायक श्री दीप श्रेष्ठ विसं २०७२, साहित्यकार श्री दुर्गाप्रसाद श्रेष्ठ विसं २०७३, साहित्यकार तथा सञ्चारकर्मी श्री खगेन्द्र नेपाली विसं २०७४ गायक श्री भक्तराज आचार्य विसं २०७५, कलाकार श्री हरिवंश आचार्य विसं २०७६, साहित्यकार सरुभक्त विसं २०७७, गायिका श्रीमती मीरा राणा विसं २०७८ र कलाकार श्री थानबहादुर रावल विसं २०७९ लाई प्रदान गरेको छ ।रासस
क्याटेगोरी : कला / संस्कृति
ताजा अपडेट
- प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट
- प्रधानमन्त्री दाहाल र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता
- वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस प्रणाली सञ्चालनको बाटो खुल्यो
- १० वर्षमा भारतले नेपालबाट ‘१०,००० मेगावाट बिजुली आयात गर्ने’
- नयाँ कानुनअनुसार नागरिकता वितरण कहिलेदेखि, कसकसले पाउँछन ?
- नक्कली शरणार्थी प्रकरणबारे ‘वास्तविकता चाँडै निर्क्योल हुने’ अमेरिकाको आशा
- गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा खुल्ला गर्ने समझदारी
धेरैले पढेको
- सामाजिक सुरक्षा कोषको साढे ३४ अर्ब रुपैयाँ उत्पादन र पूर्वाधारमा लगानी गरिने
- जीवन बीमा कम्पनीले १० महिनामा उठाए एक खर्ब १४ अर्ब बीमाशुल्क
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया