Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार अर्ब ४१ करोडको हकप्रदलाई अनुुमति

चार अर्ब ४१ करोडको हकप्रदलाई अनुुमति


काठमाण्डौँ,फागुन २१
नेपाल धितोपत्र बोर्डले चार अर्ब ४१ करोड दुुई लाख १५ हजार एक सय २५ रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुुमति दिएको छ । बोर्डका अनुसार चालू आर्थिक वर्षको सुरु भएयता यही फागुुन १४ गतेसम्म लघुुवित्त वित्तीय संस्था, हाइड्रोपावर, बीमा, फाइनान्ससहितका ११ वटा संस्थाहरुलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी चार करोड ४१ लाख दुुई हजार एक सय ५१ दशमलव २५ कित्ता हकप्रद सेयर जारी गर्न अनुुमति दिइएको हो । यसरी अनुुमति दिइएकामध्ये पछिल्लो समयमा अनुुमति पाएकाबाहेक धेरै संस्थाहरुले सेयर जारी गरिसकेको बोर्र्डले जानकारी दिएको छ । बोर्डका अनुसार चालू आव सुरु भएलगत्तै सूर्या लाइफ इन्स्योरेन्सले १० बराबर सातको अनुुपातमा ८८ करोड ७४ लाख नौ हजार छ सय रुपैयाँबराबरको ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएको थियो । उक्त कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । सोपश्चात् सिर्जना फाइनान्सले पनि सनराइज क्यापिटलमार्फत १० बराबर छको अनुपातमा २७ करोड ६४ लाख ६९ हजार दुई सय रुपैयाँबराबरको २७ लाख ६४ हजार छ सय ९२ कित्ता हकप्रद सेयर जारी गर्न अनुुमति पाएको थियो । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि एनआईबीएल क्यापिटलमार्फत एकबराबर दुुईको अनुपातमा १२ करोड १३ लाख ४४ हजार रुपैयाँबराबरको १२ लाख १३ हजार चार सय ४० कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएको थियो । बोर्डको अनुुसार लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले पनि यसै आर्थिक वर्षमा बिक्री प्रबन्धक सीबीआईएल क्यापिटलमार्फत १० बराबर दुईको अनुपातमा १७ करोड ६० लाख रुपैयाँबराबरको १७ लाख ६० हजार कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति पाएको थियो ।

एनएमबी लघुुवित्त वित्तीय संस्थाले पनि सनराइज क्यापिटलमार्फत २४ करोड ३० लाख नौ हजार तीन सय ७५ रुपैयाँबराबरको २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएको थियो । यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलमार्फत ३८ करोड ४२ लाख ४३ हजार सात सय ५० रुपैयाँबराबरको ३८ लाख ४२ हजार चार सय ३७ दशमलव ५० कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति पाएको थियो । प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीले पनि बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत ३८ करोड ४९ लाख १२ हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएको छ । बोर्डका अनुसार यसै आर्थिक वर्षमा शिखर इन्स्योरेन्स कम्पनीले ३१ करोड ७१ लाख ९३ हजार दुुई सय, गुुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ९३ करोड ८५ लाख २० हजार, अपी पावर लिमिटेडले ५६ करोड ७० लाख र सिभिल लघुुवित्त वित्तीय संस्थाले ११ करोड ४१ लाख १४ हजार रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुुमति पाएका हुुन् । यीमध्ये एकाधबाहेक धेरैजसो संस्थाहरुले हकप्रद सेयर जारी गरिसकेको बोर्डले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया