Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालका हस्तकलाका सामाग्रीहरु वार्षिक १२ अर्बको निर्यात

नेपालका हस्तकलाका सामाग्रीहरु वार्षिक १२ अर्बको निर्यात


काठमाडौं । नेपाल हस्तकला महासंघले नेपालबाट वार्षिक १२ अर्ब रुपैयाँ मूल्य बराबरको हस्तकला निर्यात हुने गरेको जनाएको छ । महासंघले २०औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालबाट ६० भन्दा बढी देशमा सो मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको जानकारी दिएको हो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले राष्ट्रिय अर्थतन्त्रमा नेपाली हस्तकला क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले हस्तकलाको संरक्षण र संवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनले यहि मङ्सिर २८ देखि पुस २ गतेसम्म आयोजना हुन लागको १८औँ हस्तकला प्रतियोगिता र २०औँ हस्तकला व्यापार मेलामा सहभागी हुन सबैलाई आग्रहसमेत गरेका छन् ।

आयोजकले मेला एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ । दरबारमार्गस्थित होटल डेल अन्नपूर्णमा आयोजना गर्न लागिएको व्यापार मेला तथा प्रतियोगितामा तीन प्याभिलियनसहित एक सय ३० कक्ष रहनेछन् ।

त्यस्तै, १८औँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ पौभा र समसामयिक विधातर्फ छ्वाली कलाको प्रतियोगिता गराइने छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय पुरस्कार क्रमश: ५० हजार, ३० हजार र २० हजार राखिएको छ । सो अवसरमा ७० वर्ष नाघेका १० जना ज्येष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गरिने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नेपाली ब्रान्ड

तपाईको प्रतिक्रिया