Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलेकसाइडमा अनाकी बार सञ्चालनमा

लेकसाइडमा अनाकी बार सञ्चालनमा


पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडको सेन्टरपोइन्टमा अनाकी बार सञ्चालनमा आएको छ । अटोमोबाइल, रियलस्टेल, बैंकिङ, सेवालगायतमा आबद्ध युवा व्यवसायी सौरभ थापाले बार सञ्चालनमा ल्याएका हुन् ।

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकसहित स्थानीय युवालाई लक्षित गरी बार सञ्चालनमा ल्याइएको थापाले बताए । पर्यटन क्षेत्रमा नयाँपनको अनभूति दिने गरी करिब दुई करोड ५० लाख रुपैयाँको लगानीमा बार सञ्चालनमा ल्याएको उनले जानकारी दिए । एक सय ४० जनाको क्षमता रहेको बारमा २६ जना कर्मचारी कार्यरत छन् । हरेक साँझ लाइभ म्युजिक र डिजेको मज्जा लिन सकिनेछ । बारमा ओपन गार्डेनसहित डिस्को थेक एरियाको पनि सुविधा छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया