Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजानलाई जापान सरकारको ‘फरेन मिनिस्टर्स कमेन्डेसन अवार्ड’

जानलाई जापान सरकारको ‘फरेन मिनिस्टर्स कमेन्डेसन अवार्ड’


काठमाडौं । जाइका अलमनाई एसोसियसन (जान) ले जापानको परराष्ट्र मन्त्रालयबाट सन् २०२३ मा दिइने फरेन मिनिस्टर्स कमेन्डेसन अवार्ड पाएको छ । नेपालस्थित जापानी राजदूतावासले हालै एक विशेष कार्यक्रमको आयोजना गरी सो अवार्ड प्रदान गरेको हो ।

जापानी राजदूत युताका किकुताले जापान सरकारको तर्फबाट सो पुरस्कार जानका अध्यक्ष डा रामचन्द्र भुसाललाई हस्तान्तरण गरे ।

कार्यक्रममा जापानी राजदूत युताका किकुताले जानले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई मजबुत बनाउन लामो समयदेखि निरन्तररूपमा उल्लेखनीय योगदान गर्दै आएकाले यो पुरस्कार प्रदान गरिएको बताए । जानका अध्यक्ष डा रामचन्द्र भुसालले जानले नेपाल जापानमैत्री सम्बन्ध कायम गर्न, जापानी प्रविधिहरू नेपाल भित्र्याउन लामो समयदेखि कार्य गर्दै आएको बताए ।

सोहीअनुरूप जापान सरकारले यो पुरस्कार प्रदान गरेको उनको भनाइ थियो । उनले यस पुरस्कारले आगामी दिनहरूमा पनि नेपाल जापानमैत्री सम्बन्ध बलियो बनाउने कार्यमा अझै सक्रिय भएर लाग्न प्रोत्साहन मिलेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया