Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअल्टिमा लाइफस्टाइलको कारोबारमा सात सय प्रतिशतले वृद्धि

अल्टिमा लाइफस्टाइलको कारोबारमा सात सय प्रतिशतले वृद्धि


काठमाडौं । नेपाली एसेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलको कारोबारमा सात सय प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा कम्पनीले २०२३ मा सात सय प्रतिशतले कारोबारलाई वृद्धि गरी सबै रेकर्ड तोडेको छ ।

यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरेलगत्तै कम्पनीले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको छ । यी सबैलाई पछ्याउँदैै अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड समेत पाएको जनाएको छ । यो अवार्डले दराज मार्केटप्लेसमा उत्कृष्ट प्रदर्शन र योगदानहरूलाई मान्यता दिन्छ । आफ्नो उल्लेखनीय बिक्री आँकडा, ग्राहक सन्तुष्टि र उत्पादन गुणस्तरका कारण धेरै प्रतिस्पर्धीहरूबीच अल्टिमा लाइफस्टाइल माथि उठेको कम्पनीको दाबी छ । अल्टिमा लाइफस्टाइलले सन् २०२३ मा दाराजमा अत्यधिक २६ हजार भन्दा बढी अर्डरहरू प्राप्त गरेको जनाएको छ । नोभेम्बरमा मात्र १३ हजारभन्दा बढी अर्डरहरू आएर कम्पनीले उच्चतम अर्डरको रेकर्ड समेत कायम गरेको छ ।

अल्टिमाले सन् २०२२ फेब्रुअरीदेखि दराज यात्रा सुरु गरेको थियो । सोही वर्षमा नै कम्पनीले आफ्नो अफिसियल वेवसाइट पनि सुरु गरेको थियो । छोटो अवधिमा अल्टिमाले सबै विधामा १९ हजारभन्दा बढी विक्रेताहरूमध्ये उत्कृष्ट रही यो उपाधि जितेको हो । सन् २०२४ मा यो नेपाली ब्रान्डले दराजमा मात्रै पाँच सय प्रतिशतभन्दा बढी बिक्री वृद्धि गर्ने अनुमान गरिएको छ । आगामी दिनहरूमा अझै केही नयाँ क्याटेगरीहरू पनि आरम्भ हुने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल टिडब्लुएस, स्मार्टवाच, पावरब्याङ्क र स्पिकर बजारमा उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा भने गेमिङ क्षेत्रमा प्रवेश गर्नेगरी अधिक बहु–उपयोगी साउन्ड आउटपुट सोलुसनहरू र एक्सेसरीहरूका प्रिमियम सेगमेन्ट ल्याउने योजना बनाएको कम्पनी ब्रान्ड म्यानेजर अमन गुप्ताले बताए । उनका अनुसार हालको योजनामा २५ भन्दा बढी उत्पादनहरू समावेश छन् । नयाँ वर्ष २०२४ को सुरुवात नै पहिलो लन्चबाट हुनेछ । उनले अल्टिमा लाइफस्टाइलले २० भन्दा बढी आधिकारिक स्टोरहरू खोल्ने, अल्टिमा एक्सचेन्ज मेला २.० सञ्चालन गर्ने तथा केही रोमाञ्चक अनलाइन र अफलाइन मेला प्रस्तुत गर्ने पनि योजना बनाएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया