नेपाली सडकमा हजारभन्दा बढी सेल्टोस, तेस्रो नम्बरमा किया

काठमाडौं ।
नेपाली सडकमा गुड्ने कियाको मिड–एसयुभी सेल्टोसको संख्या हजार नाघेको छ । नेपाल प्रवेश गरेको एक वर्ष पूरा हुँदा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको हो । सेल्टोस र अर्को मोडल सोनेटले कोरियाली अटो ब्रान्ड कियालाई नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीको तेस्रो नम्बरमा उकालेका छन् ।
करिब दुई महिनाअघि नेपाली बजारमा आएको सोनेट २५० युनिभटभन्दा बढी बिक्री भइसकेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गत वर्ष पुसमा सेल्टोस नेपाल ल्याएको थियो । यो गाडी छिमेकी मुलुक भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल भएको थियो । सेल्टोस कियाको भारतस्थित प्लान्टमा उत्पादन हुन्छ । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतीय प्लान्टमा सेल्टोस उत्पादन थालेको हो । भारत–६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ ।
सेल्टोस र सोनेटको प्रवेशसँगै किया नेपालको तेस्रो नम्बरको प्यासेन्जर भेहिकल ब्रान्ड बन्न सफल भएको छ । सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटीएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आएको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया