Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो र ‘द भ्वाइस अफ नेपाल–३’ बीच सहकार्य

ओप्पो र ‘द भ्वाइस अफ नेपाल–३’ बीच सहकार्य


काठमाडौँ ।
वैश्विकस्तरमै अग्रणी प्राविधिक ब्राण्ड ओप्पोले बहुचर्चित सिंगिङ रियालिटी टीभी शो ‘ओप्पो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट युवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालया टिभी एचडीसँग सहकार्यको घोषणा गरेको छ । ओप्पोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । बुधबार राजधानीमा आयोजित साईनिङ सेरेमोनीमार्फत सो सहकार्यको घोषणा गरिएको थियो ।

अन्तर्राष्ट्रिय फ्राइन्चाइज्ड सिंगिङ रियालिटी शो ‘ओप्पो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल–३’ले नेपाली प्रतिभालाई दर्शकसामु आफ्नो गायनकला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्नेछ । नेपाली कला उद्योगकै लागि एक कोशेढुङ्गाका रुपमा स्थापित हुन सफल यो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै व्यावसायिक गायन क्षेत्रमा आफ्नो नाम समेत लेखाइसकेका छन् ।

‘ब्राण्डका रुपमा ओप्पोले सधैँ युवामाथि आफ्नो ध्यान केन्द्रित गर्दै तिनलाई सृजनात्मकरुपमा आफूमा निहित प्रतिभाको प्रस्तुति दिन प्रेरित गरिरहन्छ । कला, रचनात्मक अभिव्यक्ति र मनोरञ्जन उद्योग युवापुस्ताको रुचिको विषय हो । तिनको रुचिसँग मेल खाएको लोकप्रिय कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को अभिन्न अंगका रुपमा सहकार्य गर्न पाउनु हाम्रा लागि खुसीको विषय हो’, ओप्पो नेपालका मार्केटिङ हेड, पियरसन शेनले भने, ‘ओप्पो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल–३’ले युवा प्रतिभामा निहित गायन कलालाई लाखौँ–करोडौँ पारखी तथा दर्शकहरुमाझ प्रस्तुत गर्न उल्लेख्य मात्रामा सघाउने विश्वास गरिएको छ ।

साथै, यो कार्यक्रमले कला उद्योगलाई नयाँ प्रतिभाको अवलोकन तथा छनोटको अवसर समेत प्रदान गर्ने निश्चित छ । देशभर छरिएर बसेका यूवा प्रतिभालाई आफ्नो कला प्रस्तुत गर्न तथा निखार्न यो प्ल्याटफर्मले उल्लेख्य मात्रामा सहयोग गरेको र गरिरहने आयोजकको भनाइ छ । साथै, तिनले मनोरञ्जन उद्योगमा आफ्नो स्थान सुनिश्चित पार्न समेत सघाउ मिल्नेमा दुई मत नरहेको आयोजकले बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया