Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल इकोनोमिक्स ओलम्पियाड राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने

नेपाल इकोनोमिक्स ओलम्पियाड राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने


काठमाडौं ।
नेपाल इकोनोमिक्स ओलम्पियाड (एनईओ) तीन दिन राजधानीमा सञ्चालन हुने भएको छ । आगामी शुक्रबार, शनिबार र आइतबार नेपाल इकोनोमिक्स ओलम्पियाडको यो दोस्रो संस्करण काठमाडौं कलेज अफ म्यानेजमेन्ट ग्वार्को, ललितपुरमा आयोजना हुने बताइएको छ ।

अध्यक्ष अर्जुन सापकोटाका अनुसार यो प्रतियोगिता +२ वा समान तहमा आर्थिक, वित्त र व्यवस्थापनको क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूको लागि सबैभन्दा ठूलो प्रतिस्पर्धा हो । उनले यस वर्ष नेपाल इकोनोमिक्स ओलम्पियाड क्षेत्रीय प्रतिस्पर्धामा नेपालका सातै प्रान्तका ५० बढी संस्थाका तीन सय बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कुल ६९ जना विद्यार्थीहरू राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न छानिएका छन् । प्रतियोगिता, अर्थशास्त्र परीक्षा र बिजनेस केस अनुसन्धान गरी दुई चरणमा आयोजित गरिनेछ ।

संस्थाकी सूचना प्रमुख सुप्रिया महर्जन सापकोटाले राष्ट्रिय प्रतियोगितालाई विभिन्न सेमिनार र अतिथि वक्ताहरूको उपस्थितिले गरिमामय र फलदायक बनाउने बताइन् । सापकोटाका अनुसार यो संस्थाको उद्देश्य अर्थशास्त्र क्षेत्रमा असाधारण प्रतिभाशाली विद्यार्थीहरू भेट्टाउनु र उज्ज्वल भविष्य निर्माण गर्न हौसला प्रदान गर्नु पनि हो । सहभागीहरू आफ्ना तार्किक, आलोचनात्मक र बौद्धिक क्षमताहरू वृद्धि गर्न प्रतिस्पर्धा गर्नेछन् । सांसद डाक्टर मिनेन्द्र रिजाल (संसद सदस्य), वरिष्ठ अर्थशास्त्री डा. स्वर्णिम वाग्ले (अध्यक्ष–आईआईडीएस), वरिष्ठ अर्थशास्त्री डा. विश्व पौडेललगायत अन्य महत्वपूर्ण व्यक्तित्वले अर्थशास्त्र, वित्त र व्यवसायका विभिन्न पक्षहरुमा महत्वपूर्ण विचारहरू प्रस्तुत गरे ।

२०१९ देखि नेपालले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिइरहेको छ । २०१९ मा नेपालले सहभागिताको पहिलो वर्षमा कांस्य पदक र २०२० मा दुई कांस्य पदक जित्यो । साथै यस वर्षका नेपाल इकोनोमिक्स ओलम्पियाड २०२१ का विजेताले आईईओमा नेपालको प्रतिनिधित्व गर्नेछन् । लाट्भियाको विश्वविद्यालय अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाड २०२१ को लागि होस्ट संस्थाका रूपमा घोषित गरिएको छ । स्रोतका अनुसार अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड २०२१ अनलाइनमा हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया