Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल हस्तकला महासंघबाट राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

नेपाल हस्तकला महासंघबाट राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग


काठमाडौं ।
हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ । महासंघले विगत लामो समयदेखि जनहितकारी कार्यमा संलग्न रहँदै आएको जनाएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रबाट कोभिड १९ बाट संक्रमित बिरामीहरुको निमित्त सञ्चालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै महासंघले उक्त कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यबाट केन्द्रलाई एक लाख आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त सहयोग राशी सो केन्द्रको नाममा ग्लोबल आईएमई बैंक, नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरिएको महासंघले जनाएको छ । सहयोगले कोभिड १९ को न्यूनीकरणको निमित्त उक्त केन्द्रले सम्पादन गर्ने कार्यमा थप मद्दत पुग्न जाने महासंघले विश्वास लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया