Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘सौराहा २०२०, इन्टेक्स इज ब्याक’ सम्पन्न

‘सौराहा २०२०, इन्टेक्स इज ब्याक’ सम्पन्न


चितवन, माघ ७
इन्टेक्स मोबाइल्सले हालसालै आफ्नो वितरक सम्मेलन सौराहाको पार्क सफारी रिसोर्टमा सफलतापूर्वक सम्पन्न गरेको छ । ‘सौराहा २०२०, इन्टेक्स इज ब्याक’ नाम दिइएको सो कार्यक्रमको आयोजना जनवरी १६ देखि जनवरी १८ सम्म गरिएको थियो । यसभन्दा अगाडिका इन्टेक्स मोबाइल्सको वितरक सम्मेलनहरु नेपालबाहिर हुने गरेका थिए भने यसपटक ‘भिजिट नेपाल २०२०’लाई प्रोत्साहन दिन सो कार्यक्रम नेपालमा गरिएको हो । कार्यक्रममा इन्टरनेशनल बिजनेस प्रमुख, विश्वास अग्रवालले कम्पनीको कार्यनीति, दूरदर्शिता र लक्ष्यहरु प्रस्तुत गरेका थिए । ‘इन्टेक्स २.०’ नामकरण गरिएको इन्टेक्सको यो पुनरागमनलाई नयाँ योजना, थप सेवा र उत्कृष्ट वितरक साझेदारहरुसँगको साझेदारीले नयाँ उचाइ दिने उनको भनाइ छ । प्राइड इम्पोर्ट एक्सपोर्टका अध्यक्ष दिनेश श्रेष्ठले क्षेत्रीय वितरकहरुका लागि बीमा योजनाको व्यवस्था पनि गरेका छन् ।

यसका लागि माछापुच्छ«े बैंक, बैंकिङ पार्टनर र बीमा प्रदायकका रुपमा नियुक्त भएको छ । प्राइड इम्पोर्ट एक्सपोर्ट नेपालमा ईभोमी मोबाइल्सको एकमात्र आधिकारिक राष्ट्रिय वितरक पनि हो ।इन्टेक्स र इभोमी मोबाइल्सका राष्ट्रिय व्यवस्थापक विनय जोशीको भनाइअनुसार पुनरागमनका लागि थप कार्यनीतिको निर्माण गर्न इन्टेक्स र इभोमी मोबाइल्स हरप्रहर लागिपरेका छन् । ४५ क्षेत्रीय वितरकहरुको सहभागिता रहेको शो कार्यक्रमले सबैलाई उत्साहित र समस्त साझेदारहरुलाई गौरवान्वित बनाएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया