Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवेस्टर्न युनियनको ‘क्यास उत्सव’

वेस्टर्न युनियनको ‘क्यास उत्सव’


काठमाडौं । दशैँ र तिहारको अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘क्यासउत्सव’ प्रवद्र्धन योजना ल्याएको छ । यस योजनाअनुसार ग्राहकहरुले असोज १ गतेदेखि कात्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्रमार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यो प्रवर्द्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका सातवटा मुख्य एजेन्ट एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ । सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्रमा समावेश हुनेछ । यो योजनाअन्तर्गत हरेक हप्ता पाँच जना भाग्यशाली विजेताले २० हजार रुपैयाँ जित्नेछन् ।

यसबाहेक, प्रवर्द्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्रमा समावेश हुनेछन् । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ । जसमा एक जना भाग्यशाली विजेताले नगद पाँच लाख रुपैयाँ जित्न सक्नेछन् । हरेक उपहार रकममा नेपाल सरकारको नियमबमोजिम २५ प्रतिशत करकट्टा गरी भुक्तानी दिइने कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया