Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसफ्टवेरिकाको ‘नेपाल आईओटी च्यालेन्ज’

सफ्टवेरिकाको ‘नेपाल आईओटी च्यालेन्ज’


काठमाडौं । काठमाडौको डिल्लीबजारमा रहेको सफ्टवेरिका कलेजले बेलायतको कोभेन्ट्री विश्वविद्यालयसँगको सहकार्यमा ‘नेपाल आईओटी च्यालेन्ज’ घोषणा गरेको छ । १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले उक्त कार्यक्रमको घोषणा गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन समूह बनाएर भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागी हुन पाँच जना सदस्यको समूह बनाएर दर्ता गर्नुपर्नेछ । त्यसपछि दर्ता भएका समूहहरुले कलेजले आयोजना गरेको १० दिने निशुल्क बुटक्याम्पमा सहभागी हुनुपर्छ । सफ्टवेरिका कलेजका विद्यार्थीहरूले हालसम्म ड्रोन, स्मार्ट होम, विद्युतीय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट लगायत अन्य थुप्रै कुराहरू निर्माण गरिसकेका छन् ।

यस्तै केही बनाउन सक्ने वा इच्छुक वा सोच भएका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन् । सो बुटक्याम्पमा प्रतियोगितासम्बन्धी आवश्यक प्रशिक्षण दिइनेछ । सो प्रशिक्षण सकिएपछि आफ्नो समूहसँग मिलेर आफ्नो आईओटी प्रोजेक्ट सम्पन्न गरेर बुझाउनुपर्ने हुन्छ र तीन उत्कृष्ट प्रोजेक्टहरूले आकर्षक नगद पुरस्कार जित्ने अवसर पाउनेछन् । प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्राप्त गर्ने सक्ने कलेजले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया