Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग११ वर्ष पूरा गर्दै फुडमान्डु

११ वर्ष पूरा गर्दै फुडमान्डु


काठमाडौँ । नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमान्डुले सञ्चालनको ११ वर्ष पूरा गरेको छ । सन् २०१० को नोभेम्बर ११ देखि सञ्चालनमा आएको कम्पनीमा काठमाडौं उपत्यका एवं पोखराका सयौं रेष्टुरेण्टहरु आबद्ध छन् ।

आबद्ध रेष्टुरेन्टहरुका परिकारहरु कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत अर्डर गर्न सकिन्छ । साथै कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि सञ्चालन गर्दै आएको छ । ‘सञ्चालनको यो एक दशकभन्दा बढीको समय हाम्रो लागि निकै महत्वपूर्ण रह्यो र यो अवधिमा हामीले निकै उतारचढावको अनुभव हासिल ग-यौँ’, कम्पनीका संस्थापक तथा प्रबन्धनिर्देशक मनोहर अधिकारीले भने ।

ग्राहकहरुको रुचि र मागअनुसार हामीले हाम्रा सेवाहरुलाई थप परिष्कृत गर्दै देशका थप अरु प्रमुख सहरहरुमा सेवा विस्तारको योजना भएको अधिकारीले बताए । ‘वार्षिक उत्सवको अवसरमा कम्पनीले आकर्षक छुटहरुको व्यवस्था मिलाएको छ । ११ दिनसम्म हरेक दिन एक हजार एक सय ११ रुपैयाँको आकर्षक कम्बो डिल तथा केही आबद्ध रेष्टुरेन्टहरुसँगको सहकार्यमा बिल्कुलै नौलो परिकारहरु पनि ग्राहकसामु पस्किँदै छौँ’, कम्पनीका ब्राण्ड, मार्केटिङ तथा बजार व्यवस्थापक प्रमुख श्यामरत्न मालीले भने ।

यस्तै कम्पनीले आफ्नो बजार विस्तार गर्ने रणनीतिअनुसार देशको सबैभन्दा बढी डाउनलोड भएको र रुचाइएको एप हाम्रो पात्रोसँग पनि सहकार्य गर्ने भएको छ । उक्त एपमार्फत पनि सिधै फुडमाण्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया