Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोका यी चर्चित सात स्मार्टफोन

ओप्पोका यी चर्चित सात स्मार्टफोन


काठमाडौं, माघ २१
ओप्पोले सन् २०१० देखि २०१९ को अवधिमा विभिन्न स्मार्टफोनहरु सार्वजनिक गरेको छ । यो अवधिमा कम्पनीले ल्याएका केही उत्कृष्ट स्मार्टफोनले दशककै प्राविधिक विकासको प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ । ओप्पोले सन् २०१०–२०१९ को दशकमा ल्याएका उत्कृष्ट सात स्मार्टफोनः

ओप्पो फाइन्ड–२०११ :- सन् २०११मा ओप्पोले फाइन्ड (एक्स९०३) स्मार्टफोन सार्वजनिक ग¥यो । उक्त फोनमा साइडस्लिप कभर, फूल किबोर्ड र एण्ड्रोइड सञ्चालन प्रणाली (सो समयमा नौलो र स्मार्टफोन प्रविधिका लागि क्रान्तिकारी मानिएको) लगायत फिचर्स उपलब्ध गरिएको थियो । यसमा रहेका अनुकरणिय कलात्मकता र प्रयोगकर्तामैत्री इन्टरफेस भए पनि यो ओप्पोद्वारा उत्पादित अहिलेसम्मकै मोटो फोन हो । तसर्थ, ओप्पो फाइन्डलाई अझ हल्का र पातलो बनाउनका लागि यसमाथि थप कार्य गर्नुपर्ने देखिन्थ्यो ।

ओप्पो फाइन्डर–२०१२ :- मोटो ओप्पो फाइन्डका लागि प्राप्त प्रतिक्रियालाई आधार मान्दै उपभोक्तालाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ फोनलाई हल्का र पातलो बनाउन विशेष डेभलपमेन्ट टिमको स्थापना गरियो । नतिजा स्वरुप ओप्पो फाइन्डरको जन्म भयो । अतिरिक्त पातलो यो स्मार्टफोनको माध्यमबाट फाइन्डबाट फाइन्डर सम्म आइपुग्दा ओप्पोले ठूलो छलाङ मा-यो । मात्र ६.६५ एमएम मोटाइ र उत्कृष्ट कार्य क्षमता सुसज्जित ओप्पो फाइन्डरले सीएनएन जस्ता विभिन्न मिडिया मार्फत अन्तरराष्ट्रिय कभरेजपनि प्राप्त गर्यो ।ओप्पो फाइन्डरको सफलता पछ्याउँदै अल्ट्रा–थिननेस धेरै स्मार्टफोन ब्राण्डका लागि एक महत्वपूर्ण प्रडक्ट डिजाइन फ्याक्टरका रुपमा स्थापित समेत भयो । फलस्वरुप एकले भन्दा अर्कोले अझ पातलो फोन निर्माण गर्ने स्पर्धा अहिलेसम्म कायमै छ ।

ओप्पो यूलाईक२–२०१२ :- यूलाईक२को आगमनलाई ब्यूटिफाइड सेल्फी यूगको सुरुवात मानिन्छ । ओप्पोका एक डिजाइनरले राखेको ओप्पो फोन्सको डिजाइन स्पष्ट तस्विरका लागि मात्र नभइ फोनको आकार समेत आकर्षक हुनुपर्ने अवधारणाको अनुशरणमार्फत यसो हुनु सम्भव भएको हो । ओप्पो यूलाइक२मा रहेको ब्यूटी २.० अल्गोरिथमका साथै, ५एमपी फरवार्ड–फेसिङ क्यामेरासहितको पहिलो ओप्पो उपकरण बन्यो । ब्युटी २.० अल्गोरिथम सुचारु गरेसँगै यसले स्वचालितरुपमै ब्युटिफिकेसन इफेक्ट मार्फत आकर्षक सेल्फी खिच्न सघाउँछ ।

ओप्पो एनथ्री –२०१४ :- ‘क्यामेरा मास्टर’का रुपमा परिचित ओप्पो एनथ्री रोटेटिङ स्मार्टफोन क्यामेराको अवधारणामै क्रान्ति भ्यिाउने पहिलो फोन हो । सुरुचिपूर्ण कार्यान्वयन क्षमता सहितको विद्युतीय रोटेटिङ क्यामेरा उपलब्ध गरिएको यो नै पहिलो उपकरण हो । १६एमपी लेन्स र अत्याधुनिक ग्राफिक इञ्जिन सुसज्जित यो फोन सन् २०१४को स्ट्रोङ्गेस्ट परफर्मिङ स्मार्टफोनका रुपमा पनि लिइन्छ ।

फोनको छेउमा राखिएको चार्जिङ पोर्टलगायत यसको आकार र आकर्षक डिजाइनले फोन चलाउन तथा बोक्दा आरामदायी अनुभवका साथै भिडियो प्लेब्याक तथा गेमिङ लगायत मल्टिमिडिया प्रयोगका लागि समेत सहजता प्रदान गर्छ । अझ ओप्पो एनथ्रीमा कम्पनीले ‘ओ (क्लिक’ (छुट्टै किचेन रिमोट) पनि उपलब्ध गरिएको थियो । यसको माध्यमबाट उपभोक्ताले क्यामेरा रोटेसनका साथै तस्बिर खिच्ने कार्य समेत गर्न सक्छन् ।

ओप्पो आरनाइन–२०१६ :- सन् २०१६मा ओप्पोले, हालसम्मपनि बजारमा निकै लोकप्रियता पाउन सफल नयाँ फ्ल्याश चार्जिङ प्रणाली सार्वजनिक गर्यो–भोक । भोक फ्ल्याश चार्जिङ सुसज्जित ओप्पो आरनाइनले मात्र ५ मिनेट चार्ज गरेको भरमा २ घण्टा सम्मको टक टाइम उपलब्ध गराउने क्षमता राख्छ । २० मिलियन कपिज विक्रि हुनुका साथै, यसले समग्र मोबाइल फोन बजारको ४ प्रतिशत हिस्सा हात पार्नुका साथै चीनिया मोबाइल बजारमा सर्वाधिक विक्रि हुन सफल समेत रह्यो । सन् २०१६को नोभेम्बर १मा यसले स्वान अवार्ड (चीनमा सर्वाधिक सम्मानित मोबाइल फोन डिजाइन तथा एप्लिकेसन ईन्नोभेसन)पनि जित्न सफल भयो ।

ओप्पो फाइन्ड एक्स– २०१८ :- क्रान्तिकारी स्क्रिन डिजाइन सहितको ओप्पो फाइन्ड एक्सलाई पहिलो पर्फेक्टली सिमलेस फुलस्क्रिन स्मार्टफोनका रुपमा लिइन्छ । यसमा रहेको कर्भ्ड सर्फेस पानोरामिक स्क्रिन र हिडन फ्रण्ट फेसिङ क्यामेराका कारण फाइन्ड एक्सले आफूलाई उद्योगकै उच्च स्क्रिन रेसियो सहितको फोनका रुपमा स्थापित ग-यो ।

फाइन्ड एक्सको आगमन संगै यसले सर्वाधिक इफेक्टिभ फुल स्क्रिन स्मार्टफोन निर्माणका लागि नयाँ औद्योगिक प्रतिस्पर्धाकै थालनी भयो । फाइन्ड एक्सले कम्पनीको भिजन ‘डेयर टू ब्रेक थ्रु एण्ड डेयर टू इन्नोभेट’, प्रतिको प्रतिबद्धता पनि प्रदर्शित गरेको छ । ओप्पो फाइन्ड एक्सले टेक यूट्यूबर एमकेबीएचडीज स्मार्टफोन्स अफ दि इयर २०१८मा बेष्ट डिजाइन अवार्ड पनि हात पार्न सफल भयो ।

ओप्पो रेनो फाइभजी –२०१९ :- सन् २०१९को सुरुवातसँगै ओप्पोले आफ्नो नौलो सिरिज ओप्पो रेनो सार्वजनिक गर्यो । रेनो टेनएक्स जुम र रेनो फाइभजी (फाइभजी कनेक्टिभिटीको साथमा), टेनएक्स हाइब्रिड जुम प्रविधि र पिभोट राइजिङ क्यामेरा (नोचलेस स्क्रिन डिजाइनका लागि सघाएको) लगायत फिचर्स पनि उपलब्ध गरिएको छ ।

४८एमपी प्राइमरी लेन्स, १३एमपी टेलिफोटो लेन्स र ८ एमपी वाइड एंगल लेन्ससहितको फूल(फोकल लेन्थ ट्राई–लेन्स रियर क्यामेरासहितको ओप्पो रेनो टेनएक्स जुमले मोबाइल फोटोग्राफीलाई नयाँ आयाम प्रदान गर्यो । ओप्पो रेनो फोटोग्राफर तथा रचनात्मक व्यक्तिहरुका लागि गो–टू सिरिजका रुपमा स्थापित भयो । साथै, ओप्पो रेनो फाइभजी यूरोपमा व्यावसायिक रुपमा बिक्री थालिएको पहिलो फाइभजी स्मार्टफोन पनि बन्यो । स्विट्जरल्याण्डमा यसको बिक्री आरम्भ स्विट्जरल्याण्ड भरका स्विसकम पसलहरु मार्फत गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया