Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्रा ट्र्याक्टर उत्सवको बम्पर पुरस्कार विजेता घोषणा

महिन्द्रा ट्र्याक्टर उत्सवको बम्पर पुरस्कार विजेता घोषणा


काठमाडौं । नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेटेडले ‘महिन्द्रा उत्सव‘ का पुरस्कार विजेताहरु घोषणा गरेको छ । कम्पनीले महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको महिन्द्रा उत्सव अफर गत भदौ १६ देखि मंसिर १५ गतेसम्म सञ्चालन गरिएका थियो ।

सोही योजनाअनुसार बम्पर पुरस्कार विजेताहरुको चयन अग्नी इन्कर्पोरेरेटेडले एकैसाथ आफ्नो पाँचवटै शाखा (बिर्तामोड, जनकपुर, वीरगञ्ज, चितवन र नेपालगञ्ज)मा लक्की ड्र गरी हरेक शाखाबाट एक–एक जना विजेताहरुको घोषणा गरेको छ । यो योजनाअन्तर्गत बम्पर पुरस्कारमा महिन्द्रा पावरोल ५ केभीए डीजी (डिजेल जेनरेटर) राखिएको थियो । यस योजनाको बम्पर पुरस्कार विजेताहरुमा ताप्लेजुङ्ग निवासी किरण मैनाली, जनकपुुरका सास स्टिल प्रालि, भवानीपुुर, वीरगञ्ज निवासी मीनादेवी, हेटौंडाका श्रीनिवास कन्स्ट्रक्सन र नेपालगञ्जका बडाइयातल पशुपक्षी तथा एग्रो फार्म रहेका छन् ।

यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारको रुपमा महिन्द्रा रोटाभेटर (ट्रयाक्टरमा जोडिने अतिरिक्त खेती उपकरण, जुन खेतीका लागि अत्यन्त उपयोगी हुनेछ) मा ५० प्रतिशत छुट वा पाना सोनिकको ४२ इन्चको स्मार्ट एलईडी टिभी साथै एक जनाका लागि पाँच लाखबराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया