Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिव शिखरको सातौँ एटीएम ललितपुरको ठैबमा

शिव शिखरको सातौँ एटीएम ललितपुरको ठैबमा


ललितपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौँ एटीएम ललितपुरको ठैंबमा पनि सञ्चालनमा ल्याइएको छ । सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सोमबार एक कार्यक्रमबीच एटीएम सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रमका विभागका रजिष्ट्रार अधिकारीले सहकारी संस्थाहरुलाई पनि पेपरलेस (कागजविहीन) बनाएर प्रविधिमा आधारित सहकारी संस्था बनाउनुपर्नेमा जोड दिए ।

सहकारीको अर्थ सहकार्य भएको भन्दै उनले सहकारी संस्थाहरुले सर्वसुलभ रुपमा स्थानीय जनतालाई सेवा दिनुपर्नेमा विशेष जोड दिए । सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमले भक्तपुरको कमलविनायकबाट पहिलोपटक पुस २२ गते एटीएम सेवा सुरु गरी अहिले सातौँ एटीएम सेवा ललितपुरको गोदावरी नगरपालिका १४ ठैंबमा सुरु गरेको जनाए । उनले एटीएम सेवाहरु उपत्यकासहित उपत्यकाबाहिरका पोखरा, बाँंके, सुर्खेत, डोटीलगायतका ठाउँहरुमा पनि यो बीचमा एटीएम सेवा शुभारम्भ गरिसकेको जानकारी गराए ।

सहकारीका अध्यक्ष सुशील बानियाँं, उपाध्यक्ष गीता शर्मा, सदस्य दीपकबहादुर ऐर, एटीएम निर्माणकर्ता स्मार्ट च्वाइस नेटवर्कका प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद भुजू, सफ्टवेयर निर्माता इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशी, गोदावरी नगरपालिका वडा नं १४ का वडाअध्यक्ष जगनाथ महर्जन, स्थानीय समाजसेवी गौरीशंकर श्रेष्ठलगायतले सहकारी संस्थाको सञ्चालनसँंगै स्थानीयलाई सुविधा मिलेको बताए । सहकारीको मुख्य कार्यालय कौशलटार भक्तपुरमा छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया