Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘खल्ती’बाटै काठमाडौं महानगरपालिकाको कर तथा राजस्व भुक्तानी सुविधा सुरु

‘खल्ती’बाटै काठमाडौं महानगरपालिकाको कर तथा राजस्व भुक्तानी सुविधा सुरु


काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले करदाताहरूका लागि काठमाडौं महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ । यो सुविधा उपलब्ध भएलगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जग्गा, घर, भाडा, सवारीसाधन, व्यवसायको कर अब ‘खल्ती’मार्फत सहजै भुक्तानी गर्न सक्नेछन् ।

‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुने बताए । साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा राखेको उनको भनाइ छ ।

कम्पनीका अनुसार यो सुविधा लिनुपूर्व करदाताले इ–सर्भिस डट काठमाडौ डट जीओभी डट एनपीमा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनुपर्नेछ । दर्ता भई सकेको खण्डमा आफ्नो आफ्नो युजर नाम र पासवर्ड दाखिला गरी लग–इन गर्न सकिनेछ । करदाता पोर्टलमा लग इन गरेपश्चात् करदाताको विवरण प्राप्त हुने र आफूले तिर्ने करको छनोट गरेर कर मूल्यांकन हुनेछ । सम्पूर्ण विवरण सही भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्नसक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया