Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयातायात व्यवस्था विभागद्वारा लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स सञ्चालन

यातायात व्यवस्था विभागद्वारा लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स सञ्चालन


काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । विभागले नक्कली सवारीचालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी सञ्चालनमा ल्याएको हो ।

विभागले उक्त एप्स सञ्चालनको लागि ट्राफिक प्रहरीलाई हस्तान्तरण समेत गरिसकेको छ । अबदेखि ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत तत्कालै अन द स्पट चेकजाँच गर्ने व्यवस्था सुरू गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले मोबाइल एप्स महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप्स हस्तान्तरण गरेका हुन् ।

विभागका महानिर्देशक घिमिरेले एकवर्षे परीक्षणकालीन अवस्थामा रहेका लाइसेन्समा रहेको विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्ने बताए । उनले एकवर्षे परीक्षणकालको अवधिमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा उक्त लाइसेन्स खारेज समेत गर्नसक्ने प्रावधान रहेको जानकारी दिए ।

महाशाखा प्रमुख एसएसपी जोशीले यसअघि लाइसेन्स प्रमाणीकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अबोप्रान्त आवश्यकताअनुसार ट्राफिक प्रहरीले तत्काल अन द स्पट मोबाइल एप्समार्फत लाइसेन्स प्रमाणीकरण गर्नसक्ने बताए । उनले नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले विकसित प्रविधिको प्रयोग गरी लाइसेन्स चेकजाँच प्रणाली सहज, सरल र प्रभावकारी हुने कुरामा जोड दिए । कोही कसैले नक्कली लाइसेन्स साथमा राखी सवारी चलाएमा त्यस्ता व्यक्तिहरू कानुनी दायराबाट उम्कन नसक्ने र नक्कली लाइसेन्स प्रयोगमा समेत नियन्त्रण हुने उनको भनाइ थियो ।

यो विशेष प्रकारको मोबाइल एप्समार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परीक्षणकालीन लाइसेन्स भेरिफाइ गरिन्छ । उक्त लाइसेन्समा रहेको क्यूआरलाई यस एप्समार्फत स्क्यान गरी लाइसेन्स भेरिफाइ गरिने विभागले जनाएको छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाइलमा इन्स्टल गरी चेकजाँचको क्रममा अन द स्पट लाइसेन्स भेरिफाइ गर्न सक्नेछन् । क्यूआर स्क्यान गरी लाइसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान यस एप्समा रहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया