फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण हुँदै
काठमाडौं । मुलुकको अर्थतन्त्र तीव्र रूपमा डिजिटाइजेसनतर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्रान्डवर्थ प्रालिको आयोजनामा आगामी जेठ २० गते शुक्रबार उक्त कार्यक्रम हुनलागेको हो । कोभिड–१९ पछि नेपालीहरु डिजिटल प्रविधिका अनेकौँ आयाममा अभ्यस्त हुनथालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेकोे कुरालाई मध्यनजर गर्दै कन्क्लेभको आयोजना गरिएको हो । कन्क्लेभमा डिजिटाइजेसनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीहरुबारे सबै सरोकारवालाहरूसँग बृहत् छलफल हुनेछ ।
कोभिड–१९ महामारीले विश्वलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब मन्दीको अवस्थामा पु-याएको छ । सन् २०२१ मा विश्वव्यापी अर्थतन्त्र सन् २००८/२००९ को आर्थिक संकटभन्दा दुई गुणा बढी संकुचित भएको छ । तर विश्वको डिजिटल अर्थतन्त्र कोभिड संकटको बीचमा उच्च प्रतिशतमा फस्टाएको छ । कोभिड संकटकै बीचमा खर्बौँ डलरको कारोबारले डिजिटल अर्थतन्त्रको प्रतिनिधित्व गर्दछ । डिजिटल अर्थतन्त्रले इन्टरनेट, फिक्स्ड र मोबाइल ब्रोडब्याण्ड इन्फ्रास्ट्रक्चर, क्लाउड कम्प्युटिङ्ग, डिजिटल प्लेटफर्म र अन्य धेरैमार्फत आफ्नो व्यवसाय गर्ने उत्पादक र उपभोक्तालाई जनाउँछ । कुनै पनि राष्ट्रको यो उद्योगमा प्रविधि, टेलिकम, मिडिया क्षेत्रका साथै नयाँ सेवाहरु र इ–कमर्स र डिजिटल बैंकिङजस्ता गतिविधिहरु समावेश हुन्छन् । कृषि, यातायात, स्वास्थ्य, पर्यटन, शिक्षाजस्ता धेरै परम्परागत व्यवसायहरुमा यी डिजिटल प्लेटफर्महरु र व्यापार मोडलहरुको एकीकरणको साथ उद्योगहरुले हालैका वर्षहरुमा सबै कुराको डिजिटलाइजेसनमा वृद्धि भएको देखिन्छ ।
कोभिड १९ पछि नेपालीहरू पनि डिजिटल प्रविधिका अनेकौँ आयामजस्तै इ–कमर्स, डिजिटल पेमेन्ट, अनलाइन शिक्षा आदिमा अभ्यस्त हुँदै गइरहेका छन् भने डिजिटाइजेसन नेपाली अर्थतन्त्रको अभिन्न अंगको रुपमा स्थापित हुँदै जानथालेको छ । अहिले धेरैलाई अनलाइन कारोबारतर्फ डो-याइरहेको छ । परम्परागत व्यवसाय गर्ने वा अफलाइन व्यवसाय गर्ने धेरैले आफ्नो व्यवसायलाई अनलाइनमा रुपान्तरण गर्दै लगिरहेका छन् ।
कोरोना महामारीका कारण नेपालीलाई विद्युतीय भुक्तानी प्रणालीबारे जानकारीका साथै यसको प्रयोगको अनुभवसमेत गराएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राख्न बाध्य बनाएको छ । घरमै बसी बैंकमा खाता खोल्ने तथा सेयर कारोबार गर्ने, मोबाइलबाटै रकम स्थानान्तरण (ट्रान्सफर) गर्ने, मोबाइल बालेटमार्फत भुक्तानी गर्नेलगायत नयाँ सेवाहरुमा नेपालीहरु अभ्यस्त भइसकेका छन् । जसले गर्दा नेपाली अर्थतन्त्र नै डिजिटाइजेसनमा रुपान्तरण हुँदै गएको छ । नयाँ प्रविधि तथा इन्टरनेटका माध्यमबाट हाल भइरहेको वस्तु र सेवाको व्यापारिक मोडलमा आएको यो परिवर्तन डिजिटल डिस्रप्सन भइरहेको छ ।
यस वर्षको कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यीकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेसनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ । कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिँदो समय, बदलिदो अर्थतन्त्र’, ‘सधैँका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपाल : सानो बजार कि असिमित सम्भावना ?’ तथा ‘ हामीसँग नेपाली युनिकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चारवटा सत्रहरूमा बृहत् अन्तर्क्रिया र बहस हुनेछ । यी सत्रहरुमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवालाहरू, नियमनकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरूको व्यापक सहभागिता रहनेछ ।
कन्क्लेभमा भिसाको दक्षिण एसिया र भारतका लागि ग्रुप कन्ट्री म्यानेजर सन्दिप घोष तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा कि–नोट स्पिच प्रस्तुत हुनेछ । साथै नेपालको डिजिटल विकासबारे अर्थमन्त्री जनार्दन शर्मा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँगको बेग्लै सत्र समेत हुनेछ । यस कन्क्लेभ देशका प्रमुख टेलिभिजन च्यानलका साथै अनलाइन मिडिया र अन्य डिजिटल प्ल्याटफर्ममार्फत प्रत्यक्ष प्रसारण हुनेछ । फोनपे मुख्य प्रायोजक रहेको यस कन्क्लेभको कर्पोरेट प्रायोजकका रुपमा भिसा रहेको छ । डिजिटल इकोनोमीबारे आयोजना गरिएको कन्क्लेभको दोस्रो संस्करणले आम नेपालीका लागि विशिष्ट महत्व राख्ने विश्वास गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया