Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसमता शैक्षिक गुठीलाई हिमालयन डिस्टिलरीको २५ लाख सहयोग

समता शैक्षिक गुठीलाई हिमालयन डिस्टिलरीको २५ लाख सहयोग


काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरणजस्ता सामुदायिक क्षेत्रमा सहयोग पु-याउँदै आएको छ ।

डिष्टिलरीले आव २०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकमबाट समता शैक्षिक गुठीलाई २५ लाख सहयोग गरेको हो । समता शैक्षिक गुठीद्वारा अधिराज्यभर ८४ वटा विद्यालयहरु सञ्चालन गरेको छ। जसमा कक्षा १ देखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रमहरु सञ्चालित छन् र करिब ७० हजार विद्यार्थीहरु लाभान्वित भएको दाबी उक्त गुठीको छ ।

यो गुठीले प्रतिविद्यार्थी प्रतिमहिना सय रुपैयाँ शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरुलाई अध्यापन गराइरहेको जानकारी गराएको छ ।

सो समता शैक्षिक गुठीलाई एक कार्यक्रमबीच हिमालयन डिस्टिलरी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले कलाकारद्वय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तम कुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई २५ लाखको चेक कम्पनीको सम्पर्क कार्यालय, जावलाखेल ललितपुरमा हस्तान्तरण गरेका हुन्। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद पोखरेल र कम्पनी सचिव निशा निरौलाको उपस्थिति थियो।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया