Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो ए१६के को मूल्यमा कटौती

ओप्पो ए१६के को मूल्यमा कटौती


काठमाडौं । ओप्पोले ए–सिरीजअन्तर्गतको पछिल्लो स्मार्टफोन ए१६के को मूल्यमा कटौती गरेको छ । थ्री डी स्लीक डिजाइन, एचडी प्लस आई केयर स्क्रिन र ४२३० एमएएच लङ्ग–लास्टिङ ब्याट्री भएको ओप्पो ए१६के अब मात्र १७ हजार नौ सय ९० रुपैयाँमा उपलब्ध हुनेछ । ग्राहकको सन्तुष्टिलाई ध्यानमा राख्दै मूल्य घटाएको कम्पनीले जनाएको छ ।

कम्पनीले मार्च २०२२ मा ए१६के नेपालमा सार्वजनिक गरिएको थियो । ओप्पो ए१६केले ओप्पोको स्वामित्वमा रहेको ओप्पो थ्री डी स्लीक डिजाइन, उत्पादन प्रक्रिया, स्टाइलिस र टिकाउ उपकरण उत्पादन गर्ने ए–सिरिजको परम्परालाई निरन्तरता दिइरहेको छ । ओप्पोको १६.६५ से.मि (६.५२”) एचडी वाटरड्रप स्क्रिन र १६००×७२० डिस्प्लेको साथ अपग्रेड गरिएको छ, जहाँ चार गोलाकार कुनाहरुलाई पोइन्ट कर्नरहरु बनाइन्छ । यो फोन ४२३० एमएएच लङ्ग–लास्टिङ ब्याट्रीको साथ सुसज्जित छ, यसले प्रयोगकर्ताहरुलाई आवश्यक पर्दा उत्पादनशील र मनोरञ्जन दुबैका लागि उपयुक्त छ । यसमा पाँच गुणा डिजिटल जुम र पाँच एमपी फ्रन्ट क्यामेराको साथ १३ एमपी रियर क्यामेरा छ । यसको अगाडी र पछाडि दुवै क्यामेराले स्टाईलिश फोटोहरुमा प्रभाव पार्ने ओरिजिनल, फ्रेस, ट्रान्सपरेन्सी, सनी, मीस्ट, फील्ड, जर्नी, डिलिसीयस, कोल्ड, फील्म, सीटी, रेट्रो, अटम, ग्रे, फेड र मोनोक्रोम जस्ता १५ स्टाइलिस फिल्टरहरु सपोर्ट गर्दछ । यसबाहेक, यसले एआई इन्जिनमार्फत दृश्य पहिचान गर्दछ । त्यसपछि यसले इमेजका रङ्गहरु पुनः निर्माण गर्न पिक्सेलस्तरका कलर म्यापिङ एल्गोरिदम फोटो थप जीवन्त र प्राकृतिक होस् भनेर प्रयोग गर्दछ ।

पछाडिको क्यामेराको लागि तीनवटा नयाँ कस्मोपोलिटेन, एस्ट्रल र ड्याजल नाइट फिल्टरहरु छन् । यी सबै डिजाइनले प्रयोगकर्ताहरुलाई, सुन्दर र व्यावसायिक नाईट शटहरु लिन मद्दत गर्दछ । ओप्पो ए१६केकोे मुनलाइट डिस्प्ले, सनलाइट डिस्प्ले र एआई स्मार्ट ब्याकलाइटले दिनभर प्रयोगकर्ताको आँखाको ख्याल राख्छ । साथै, सामाजिक मिडिया ब्राउज चलाउँदा वा गेम खेल्दा लाग–फ्रि स्मुथनेसको लागि प्रणाली बुस्टर सफ्टवेयर अप्टिमाइजर, अक्टा–कोर चिप र १ टिबीसम्म स्टोरेज बढाउन सकिन्छ । ग्राहकले प्रत्येक ओप्पो ए१६के स्मार्टफोन किन्दा अब २ हजार रुपैयाँ बचत गर्ने मौका पाउनेछन् । ४ जीबी+६४जिबी भेरियन्टमा उपलब्ध यो स्मार्टफोनको मूल्य पहिले १९ हजार नौ सय ९० रुपैयाँ थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया