Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘भारत गौरव पर्यटन रेल’ जनकपुर आइपुग्यो

‘भारत गौरव पर्यटन रेल’ जनकपुर आइपुग्यो


जनकपुर । धार्मिक पर्यटनका लागि भारतको दिल्लीबाट हिँडेको ‘भारत गौरव पर्यटन रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । तीन दिनअगाडि पाँच सय यात्रु लिएर जनकपुरको लागि दिल्लीबाट छुटेको रेललाई जनकपुरधामको रेल्वे स्टेसनमा प्रदेश सरकार, जानकी मन्दिर, जनकपुुरधाम उपमहानगरपालिका साथै स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए ।

जय सीयारामको नारा लगाउँदै धार्मिक पर्यटकहरूले आफूहरू जानकी माताको जन्मस्थल जनकपुरधाम आउँदा निकै खुशी लागेको बताए । पर्यटकहरू जानकी मन्दिरमा दर्शन गरी गंगा आरतीमा सहभागी भएका थिए । त्यसपछि प्रदेश सरकारको तर्फबाट ती पर्यटकहरूको मनोरन्जनका लागि जानकी मन्दिरकै प्रांगनमा रामसीतासँग जोडिएर सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । पर्यटकहरूलाई जनकपुरधामका धार्मिक पर्यटकीय धरोहरका बारेमा जानकारी गराउने मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । यसले जनकपुरधामको धार्मिक पर्यटकीय विकासमा टेवा पुग्ने उनले बताए । यात्राले जनकपुरधामदेखि भारतबीचको रेल यात्राले पर्यटकीय दृष्टिकोणले प्रभावकारी हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

भारतको दिल्लीबाट सुरु भएको यो भारत गौरव पर्यटक रेलले रामायणकालमा वर्णन गरिएको सीतारामसँग जोडिएका पवित्र स्थलहरूको भ्रमण गरी आठ हजार किलोमिटरको यात्रा गर्नेछ । यो रेलमा नेपाल आएका पर्यटकहरू जनकपुरधाम, धनुषाधामको भ्रमण गरी शुक्रबार १२ बजे विहारको सीतामणि हुँदै रामसीतासँग जोडिएका भारतका अन्य स्थानहरूको भ्रमण गर्नेछन् ।

दिल्लीबाट निस्केको भारत गौरव रेलको पहिलो हल्ट अयोध्या र दोस्रो जनकपुरधाम रहेको छ । शुक्रबार सीतामढी हुँदै बनारस पुग्ने जनाइएको छ । प्रतिव्यक्ति भारतीय ६२ हजार तीन सय ७० रुपैयाँ खर्चेर उनीहरू १८ दिने धार्मिक यात्राको लागि निस्केका हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया