Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडी फर्च्युन ग्लोबल ५०० सूचीमा

बीवाईडी फर्च्युन ग्लोबल ५०० सूचीमा


काठमाडौं । बीवाईडी सन् २०२२ को लागि फच्र्युन ग्लोबल ५०० सूचीमा परेको छ । कम्पनीले एउटा महान् सफलता हासिल गरेको उल्लेख गरेको छ ।

सन् २०२१ मा कम्पनीले सात लाख ३० हजार ९३ प्यासेन्जर गाडीको बिक्री गरेको छ, जसमध्ये पाँच लाख ९३ हजार सात सय ४५ न्यू एनर्जी प्यासेन्जर गाडी छन् । यसको वाईओवाई वृद्धि दुई सय ३१ दशमलव छ प्रतिशत रहेको छ । सन् २०२२ को पहिलो ६ महिनामा कम्पनीले छ लाख ३८ हजार एक सय ५७ न्यू एनर्जी प्यासेन्जर गाडीको बिक्री गरेको छ, जसको वाईओवाई वृद्धि ३२४.८ प्रतिशत रहेको छ । कम्पनीको न्यू एनर्जी गाडीले आफ्नो छाप चार सयभन्दा बढी सहरहरुमा छोडिसकेको छ, जो ७० देश र छ महादेशमा पर्दछन् ।

आजको दिनमा, कार्बन उत्सर्जनको कमी र न्यू एनर्जीको विकास नै कम्पनीको प्राथमिकता रहेको छ । अन्तर्राष्ट्रिय हाई—टेक कम्पनी भएको नाताले, बीवाईडीले विश्वभर नै न्यू एनर्जी समाधानहरु प्रदान गर्नुपर्ने देखिन्छ । ग्लोबल ५०० गच्छेलाई ध्यानमा राख्दै कम्पनीले प्राविधिक आविष्कारहरु सिर्जना गर्नेछ । साथै दीगो विकास र उन्नतिको कामना गर्दै कुल द अर्थ बाई एक प्रतिशतको पनि पहल गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया