काठमाडौं । भिभोले भी२१ईको मूल्य घटाएको छ । कम्पनीले भी२१ई को मूल्य दुई हजार रुपैयाँले घटाएको हो । यो फोन अब ३७ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुने कम्पनीले जनाएको छ ।
भिभो नेपालका सीईओ माइकलले ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैं उत्साहित रहेको र यो मूल्य घटेको घोषणासँगै नेपाली ग्राहकहरूका लागि कम्पनीको प्रतिबद्धता समेत पूरा भएको बताए । उनका अनुसार भी२१ई एक सुविधायुक्त स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूलाई उनीहरूका सबै विशेष क्षणहरू खिच्न उत्कृष्ट फ्रन्ट क्यामेरा प्रदान गर्दछ ।
भी२१ई मा ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ । यसमा एआई नाइट पोट्रेट समावेश भएकाले उत्कृष्ट फोटो र भिडियोहरु लिन सकिन्छ । यसको उत्कृष्ट–इन–क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाहरूको कारण स्पष्ट तस्बिरहरू, राम्रो नाइट शटहरू र फोरके गुणस्तरमा अल्ट्रा–स्टेबल भिडियोहरू लिन सकिन्छ । शक्तिशाली ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेराको एफ/२.० एपर्चरको साथै प्रकाश सीमित भएको वातावरणमा पनि राम्रो परिणाम दिन्छ । एआई नाइट पोट्र्रेटको साथमा, मल्टी–फ्रेम नोइज रिडक्सन एल्गोरिथ्म र एआई हाई–डेफिनिसन टेक्नोलोजी संयोजन गरिएको छ जसकारण प्रयोगकर्ताहरूलाई उत्कृष्ट नाइट फोटो खिच्न सजिलो हुन्छ ।
डुअल–भ्यू भिडियो, स्लो–मो सेल्फी भिडियो, फोरके सेल्फी भिडियो, र स्टेडिफेस सेल्फी भिडियोजस्ता उच्चस्तरीय विशेषताहरूले प्रयोगकर्ताहरूलाई चाहेजस्तो परिणाम दिन्छ । एकै समयमा, प्रभावशाली ६४एमपी नाइट क्यामेराले क्रमशः म्याक्रो फोटोग्राफी, वाइड–एंगल र थप जटिल शटहरूसहित उत्कृष्ट इमेज क्वालिटी प्रदान गर्दछ । फोनको फ्रन्टमा सहज भिजुअल इफेक्ट, कम मोसन ब्लर, र समग्रमा उत्कृष्ट दृश्य अनुभवको लागि एचडीआर१० सँग भाइब्रन्ट ई३ एमोलेड डिस्प्ले छ । यसको अल्ट्रा–स्लिम बडी ७.३८ एमएम पातलो छ र तौल केवल १७१ ग्राम रहेको छ । यो दुई आकर्षक रंग – रोमन ब्ल्याक र डायमंड फ्लेयर रंगमा उपलब्ध छ ।
भी२१ईमा क्वालकम स्न्यापड्रेगन ७२०जी प्रोसेसर छ जुन ८जीबी ¥याम र १२८जीबी रोममा, ३जीबी एन्सटेन्डेबल र्यामको साथ आउँछ । यो इमर्सिभ गेमिङ अनुभवको लागि अल्ट्रा गेम मोडको साथ आउँछ । ३३ वाट फ्ल्यास–चार्ज सुविधाको साथ प्रयोगकर्ताहरूले निर्धक्क भएर आफ्नो कार्यहरु गर्न, फोटोहरु खिच्न, गेम खेल्न सक्छन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया