Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘महापुरुष’मा शिवम् सिमेन्टको सहकार्य

‘महापुरुष’मा शिवम् सिमेन्टको सहकार्य


काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्ट्सबीच नेपाली कथानक चलचित्र ‘महापुरुष’का लागि आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सबल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । सोही क्रमको निरन्तरतास्वरुप शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारीलगायतका फिल्महरुमा समेत सहकार्य गरेको थियो । उक्त सहकार्यबाट दुवै पक्षलाई एक–आपसको प्रवर्द्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएकोले पुनः शिवम् सिमेन्ट र षड्कोण आर्ट्सबीच मह अभिनित महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको बताइएको छ । उक्त सम्झैतापत्रमा मंगलबार हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाइस प्रेसिडेन्ट केपी रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डीजीएम मार्केटिङका केशव अर्याल र षट्कोण आर्ट्सको तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्रीलगायतको उपस्थिति थियो ।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा षट्कोण आर्ट्का तर्फबाट निर्देशक प्रदिप भट्टराईले शिवम् सिमेन्टजस्तो अग्रणी ब्राण्डसँग सहर्काय गरी चलचित्र निर्माण एवम् प्रवद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राण्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । साथै यसरी विभिन्न ब्राण्डहरुले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको उल्लेख गरे । उक्त चलचित्र आगामी कात्तिक ११ गतेमा रिलिज हुने भएको छ ।

चलचित्रको मुख्य भूमिकामा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ललगायतका कलाकारहरु छन् । चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन् । शिवम् सिमेन्ट लिमिटेडले आफूप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रहरुमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षरोपण, सरसफाइ, मनोरञ्जनजस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया