Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअग्नि ग्रुपद्वारा महिन्द्रा ट्रियो झोर नेपाली बजारमा सार्वजनिक

अग्नि ग्रुपद्वारा महिन्द्रा ट्रियो झोर नेपाली बजारमा सार्वजनिक


काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले महिन्द्रा ट्रियो झोर नेपाली बजारमा ल्याएको छ । कम्पनीले नाडा ईभी एक्स्पोको अवसरमा ट्रियो झोर नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार महिन्द्रा ट्रियो झोर उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ । प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न यो ३ भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । अतुलनीय वृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधिजस्ता हाइलाइटहरूका साथ, ट्रियो झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर आएको छ । यस पटकको नाडा ईभी एक्सपो २०२२ मा अग्नी इनर्जीले महिन्द्रा इलेक्ट्रिक तीन पांग्रे ट्रियो ई–रिक्सा, ट्रियो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाउनेछन् ।

यस्तै ठूला चाडपर्वहरू विश्वकर्मा पूजा, दशैँ, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारीसाधनहरुमा स्क्रयाच कार्डमार्फत आकर्षक नगद पुरस्कारहरु र एक लाख रुपैयाँको बम्पर पुरस्कार समेत राखेकोे जानकारी कम्पनीले जानकारी गराएको छ । यो योजना महिन्द्रा इलेक्ट्रिक तीनपांग्रे ट्रियो ई–रिक्सा, ट्रियो अटो र पिकअप खरिद गर्नेका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया