Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको ‘उत्सवको वहार हरेक दिन उपहार’को विजेता घोषणा

रियलमीको ‘उत्सवको वहार हरेक दिन उपहार’को विजेता घोषणा


काठमाडौं । रियलमीले ‘उत्सवको वहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरू घोषणा गरेको छ । गत असोज १० देखि कात्तिक १४ गतेसम्म कम्पनीले उक्त क्याम्पेन सञ्चालन गरेको थियो ।

उक्त क्याम्पेनअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल)ले ६५ इन्चको कोनका फोरके टेलिभिजन र बाग्लुङका पूर्णबहादुर मल्ल (अलिशा मोबाइल सेन्टर) ले सात किलोको वाशिङ मेसिन जित्न सफल भएका छन् । त्यस्तै सामाखुसीका सुजन बस्नेत (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९ फोरजी (८/१२८जीबी) जित्न सफल भए । रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरूलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरू प्रदान गर्ने अफर ल्याएको थियो ।

त्यस्तै उक्त अफरमा डेली प्राइजअन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर, रियलमी सी ३०(२३२ जीबी)लगायतका उपहारहरू पनि समावेश थिए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया