Techie IT
×
गृहपृष्ठकर्पोरेटनेपाल इको प्यानल भक्तपुरकै ब्राण्ड बन्दै

नेपाल इको प्यानल भक्तपुरकै ब्राण्ड बन्दै


काठमाडौं । भक्तपुरमा सन् २०१४ मा इन्जिनियर कृष्णभक्त दुवालले सुरु गरेको इको प्यानल अहिले देशैभरि पुगेको छ । स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामग्री नै इको प्यानल हो । हलुका, भूकम्पप्रतिरोधीलगायतका कारण पछिल्ला वर्षहरुमा यसको लोकप्रियता निरन्तर बढ्दो छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल वातावरणमैत्री अनि ऊर्जा किफायती भएको कारण पनि जनताले इको प्यानललाई मन पराएको सुनाउँंछन् । ‘नेपालमा मात्रै होइन, अहिले संसारभर नै वातावरण प्रदूषण ठूलो समस्यको रुपमा आइरहेको छ’, उनले भने, ‘त्यही कारण मानिसले वातावण विनाश नपु-याउने निर्माण सामग्री मन पराइरहेका छन् । इको प्यानल ऊर्जा किफायती पनि छ ।’


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया