रोज ब्युटी एकेडेमीका २२औँ वार्षिक उत्सव
काठमाडौं । रोज ब्युटी एकडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरको २२औँ स्थापना दिवस काठमाडौंमा सम्मान तथा दीक्षान्तसहित विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइएको छ । काठमाडौंको रविभवनमा रहेको यो एकेडेमीको २२औँ वार्षिक उत्सवको बागमती प्रदेशका सांसद बिन्दु श्रेष्ठ, सीटीईभीटीका सदस्यसचिव जीव नारायण काफ्ले, लायन्स डिस्ट्रिक ३२५ एल नेपालका गभर्नर मणिश्री रत्न बज्राचार्यलगायतले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको व्यक्तिहरुलाई सम्मान गरिएको रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् वरिष्ठ ब्युटिसियन सोनी कारँजितले जानकारी दिइन् । कार्यक्रममा वरिष्ठ साहित्यकार दुर्गा किरण तिवारी, अभिनेत्री सञ्चिता लुइँटेल, अग्रज गायिका मञ्जु पौडेल, समाजसेवी गणेश शाही, समाजसेवी सृजना नेवा, समाजसेवी ईश्वरी खत्री, सौन्दर्यकर्मी शकुन्तला अवाले, समाजसेवी तथा लायन सञ्जय अधिकारी, समाजसेवी तथा व्यवसायी मिलन दाहाललगायत सम्मानित भए । रोज ब्युटी एकेडेमीबाट सीटीईभीटीमा ब्युटिसियन कोर्षमा लेबल वान र लेबल टु (डिप्लोमा) गरेका ६० जना ब्युटिसियनहरुलाई कार्यक्रममा टोपी लगाएर प्रमाणपत्र प्रदान गर्दै दीक्षित गरिएको थियो । यस्तै रोज ब्युटी एकेडेमीबाट ब्युटिसियन कोर्षमा डिप्लोमा गरेका ६८ जनालाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो ।
रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् वरिष्ठ सौन्दर्यकर्मी सोनी कारँजितले आफूहरुले २२ वर्ष अघिबाट रोज ब्युटी एकेडेमी सुरु गरेको र हालसम्म १२ हजार ब्युटिसियनलाई ब्युटिसियनसम्बन्धी प्रशिक्षण दिएर आत्मनिर्भर बनाएको बताइन् । कार्यक्रममा बागमती प्रदेशकी सांसद बिन्दु श्रेष्ठले नेपालमा महिलाहरुलाई ब्युटिसम्बन्धी पेसा सिकाई रोजगारी दिएर आर्थिक रुपमा सक्षम बनाउन रोज ब्युटी एकेडेमीको ठूलो योगदान रहेको बताइन् ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- मोरङमा अवैध जुवा सञ्चालन, प्रहरी मुकदर्शक
तपाईको प्रतिक्रिया