मेट्रो अटो सेन्टरको दशौँ वार्षिकोत्सव
काठमाडौं । होन्डा कम्पनीका उत्पादन होन्डा मोटरसाइकल तथा स्कुटरहरु बिक्रीको लागि भक्तपुर गठ्ठाघरस्थित स्याकार कम्पनीको अधिकृत बिक्रेता मेट्रो अटो सेन्टरले दशौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुसहित मनाएको छ । उक्त कार्यक्रमको उद्घाटन पूर्वउद्योगमन्त्री महेश बस्नेत र होन्डा स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योतिले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा बस्नेतले मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटो व्यवसायले महत्वपूर्ण योगदान गरेको बताए । यस्तै स्याकार कम्पनीका अध्यक्ष सौरभ ज्योतिले होन्डाको बजार सेयर झण्डै ३९ प्रतिशत रहेको बताए । यसै अवसरमा होन्डा मेट्रोको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव कल्याण समाजका संस्थापक अध्यक्ष सुमित्रा चौलागाईंलाई मेट्रो अटोबाट २५ हजार र स्याकार ट्रेडिङ्ग कम्पनीको तर्फबाट ५० हजारको चेक हस्तान्तरण गरिएको थियो ।
मेट्रो अटोका अध्यक्ष शारदा देवी लुइँटेलले मेट्रो अटोबाट सदैव भक्तपुरबासीलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- चलचित्र नीति:नयाँ नीति तर पुरानै ऐन
- कृषि ज्ञान केन्द्र कालीकोटका कर्मचारी विरुद्ध भ्रष्टाचार अभियोग
- पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
- रविको राहदानी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने
- प्रधानमन्त्री दाहालले पाए विश्वासको मत
- ब्याजदर एकल अङ्कमा ल्याउन हानको माग
- लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया