आईएमई मोटर्सको गाडी खरिद गर्न एभरेष्ट बैंकले कर्जा दिने
काठमाडौं । आईएमई मोटर्सको गाडी खरिद गर्न चाहनेहरुको लागि एभरेष्ट बैंकले कर्जा उपलब्ध गराउने भएको छ । कमर्सियल भेहिकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आईएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा आईएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफरअन्तर्गतको सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको चाहनाअनुसार अशोक लेल्यान्डका सवारीसाधन किन्न बैंकले अधिकतम सात वर्षसम्मका लागि करिब १४ प्रतिशतसम्म ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउनेछ । कर्जा प्राप्त गर्न सहज र सरल प्रक्रिया अपनाइनेछ । नेपाल राष्ट्र बैंकको नीति निर्देशनअन्तर्गत रहेर सो कर्जा उपलब्ध हुने बताइएको छ ।
नेपालको कमर्सियल सवारीसाधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ । देशभर शोरुम तथा सर्भिसिङसहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ । विगत दुई वर्षयता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको जनाएको छ । हाल अशोक लेल्यान्ड, नेपालको दोस्रो ठूलो कमर्सियल भेहिकल ब्रान्ड बनेको छ । हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेहिकल ‘दोस्त’का लागि पाँच वर्षे वारेन्टी घोषणा गरेको छ, जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया