स्मार्ट मिटरमा प्रयोग गर्न टेलिकमले डेढ लाख इ–सिम दिने
काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्न एक लाख ५० हजार थान इ–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा दुई संस्थाबीच बिहीबार सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत् प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युतबाबु घिमिरेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत् प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि धन्यवाद दिँदै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन् । यस्तै नेपाल विद्युत् प्राधिकरणका निर्देशक अच्युत बाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त इ–सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुसी व्यक्त गरे ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुलसम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत् खपतबारे जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत् चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्छ । इ–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । एक सय एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि इ–सिम प्रयोग गरिनेछ । नेपाल टेलिकमले नेपाल विद्युत् प्राधिकरणलाई यसअघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया