Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगघरेलु तथा साना उद्योग महासंघद्वारा बजेटको स्वागत

घरेलु तथा साना उद्योग महासंघद्वारा बजेटको स्वागत


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले आर्थिक वर्ष २०८०/८१ का लागि आएको बजेटको स्वागत गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको बजेटले सबै क्षेत्रलाई समेटेको महासंघले जनाएको छ ।

मुलुकमा आर्थिक मन्दीको स्थिति र तरलता अभावको संकटमा रहेको वर्तमान अवस्थामा अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने उद्देश्य लिएको यस बजेटमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास वित्तीय क्षेत्र सुधार गर्ने कार्यलाई प्राथमिकता दिइएको महासंघले उल्लेख गरेको छ । बजेटका कतिपय व्यवस्थाहरूको कार्यान्वयनको समयसीमासमेत निर्धारण गर्दै खर्च कटौतीका लागि विदेश भ्रमण, अनावश्यक सरकारी भवन निर्माणमा गरिएको बन्देज आदि बजेटका राम्रा पक्ष भए पनि कार्यान्वयनको पक्ष महत्वपूर्ण रहेको महासंघको भनाइ छ ।

यस्तै, सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने गरी छुट्टै कोष स्थापना गर्ने तथा नवप्रवर्तन र उद्यशीलताको प्रवर्द्धनका लागि स्टार्टअप इकोसिस्टम विकास गर्ने बजेटको सकारात्मक पक्ष भएको उल्लेख गरेको छ । नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनु र विद्युतीय प्रणालीमार्फत एकल विन्दु सेवाकेन्द्रबाट उद्योग दर्ता, लगानी स्वीकृतलगायतका सेवा प्रदान गर्ने कुराको महासंघले स्वागत गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया