Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआठ महिनामा ५८ अर्बको तरलताको प्रशोचन

आठ महिनामा ५८ अर्बको तरलताको प्रशोचन


काठमाडौं, वैशाख १९
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा ५८ अर्ब रूपैयाँबराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकका अनुसार खुुला बजार कारोबारमार्फत उक्त परिमाणमा तरलता प्रशोचन गरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३५ करोड तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रिपोमार्फत एक खर्ब १३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधामार्फत ६९ अर्ब ५५ करोड गरी कुल एक खर्ब ८३ अर्ब ३२ करोड रूपैयाँ तरलता प्रवाह भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत २३ अर्ब ५३ करोड र स्थायी तरलता सुविधामार्फत छ अर्ब ७२ करोड गरी कुल ३० अर्ब २५ करोड तरलता प्रवाह भएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुुई अर्ब ५० करोड खुद खरिद गरी दुई खर्ब ८५ अर्ब ८१ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ९७ करोड खुद खरिद गरी दुुई खर्ब २५ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको थियो ।

राष्ट्र बैंकका अनुुसार चालू आवको पछिल्लो आवमा अमेरिकी डलर दुुई अर्ब ७६ करोड बिक्री गरी तीन खर्ब १४ अर्ब ३६ करोड रूपैयाँबराबरको भारतीय रूपैयाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुुई अर्ब ८२ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी तीन खर्ब ४९ अर्र्ब ६४ करोडबराबरको भारतीय रूपैयाँ खरिद गरिएको हो ।

राष्ट्र बैंकका अनुसार उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ फागुन मसान्तमा १८ अर्ब ३८ करोड लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा १५ अर्ब ८३ करोड र निर्यात पुनर्कर्जा एक अर्ब एक करोड उपयोग भएको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ फागुन मसान्तमा एक अर्ब ५३ करोड रहेको छ । राष्ट्र बैंकका अनुसार हालसम्म यस्तो कर्जा एक हजार पाँच सय ९२ ऋणीले उपयोग गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया