Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकको नाफा १५ करोड २४ लाख

ज्योति विकास बैंकको नाफा १५ करोड २४ लाख


काठमाडौं  । ज्योति विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड २४ लाख ३३ हजार चार सय २० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै पाँच करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा २० करोड १६ लाख १८ हजार पाँच सय ३४ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी चार अर्ब ३९ करोड ५७ लाख ८५ हजार आठ सय ८६ रुपैयाँ रहेको बैकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६३ अर्ब ४२ करोड ५४ लाख ३२ हजार एक सय ३४ रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड १३ लाख ८९ हजार दुई सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७० करोड ६८ लाख ५९ हजार दुई सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा २८ करोड ६६ लाख ५८ हजार चार सय ६६ रुपैयाँले ऋणात्मक रहेको बैंकमा चार दशमलव ५८ प्रतिशत स्प्रेडदर रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ६१ अर्ब २८ करोड ४४ लाख ७६ हजार तीन सय ८३ रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ९६ करोड ४२ लाख ४२ हजार छ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ६७ करोड ७५ लाख पाँच हजार तीन सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने २७ करोड छ लाख ७५ हजार ७२ रुपैयाँले ऋणात्मक रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ८० प्रतिशत रहेको थियो ।

ज्योति बिकास बैंकले संस्थापक सेयर बिक्री गर्नै
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्नै भएको छ । बैंकले बिहिबार सार्वजनिक सुचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको जानकारी दिएको हो ।

बैंकका अनुसार यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलपोखरीमा रहेको बैंकको केन्द्रिय कार्यालयमा के कति सेयर खरिद गर्न चाहेको हो उल्लेख गरी आवेदन दिनुपर्ने बैंकको भनाई छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया