Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि विकास बैंक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

कृषि विकास बैंक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता


काठमाडौं, असार १८
कृषि विकास बैंक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबीच सम्झौता भएको छ । बैंकका अनुसार बैकको गण्डकी प्रदेश कार्यालय, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबीच प्रतिष्ठान परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटीएमलगायतका सेवा सञ्चालन गर्ने तथा अस्पतालको बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने विषयमा मंगलबार सम्झौता भएको हो ।

आगामी पाँच वर्षका लागि भएको उक्त सम्झौतामा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा र बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक करुणचन्द्र घिमिरेले हस्ताक्षर गरेका छन् । बैंकका सञ्चालक हरिप्रसाद पराजुलीको रोहवरमा भएको उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारणसमेतलाई विविध बैंकिङ सेवाहरू सहजरूपमा उपलब्ध हुनेछन् देशको ७७ जिल्लामा एक्सटेन्सन काउन्टर समेत दुुई सय ८० वटा शाखा सञ्जाल रहेको सरकारी स्वामित्व भएको बैंकले आफ्नो सेवा विस्तारको क्रममा निकट भविष्यमा पूर्ण बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्यसहित आगामी महिनाभित्र उल्लेखित सेवा सञ्चालन गर्नेभएको छ ।

अस्पतालको बिलिङ काउन्टर बैंकले सञ्चालन गरेपछि अस्पतालको सो सेवा समेत अझै प्रभाकारी हुने विश्वास लिइएको छ । उक्त समारोहमा प्रतिठानका निर्देशक प्रा.डा. अर्जुन आचार्य, डा. नरेन्द्रविक्रम गुरुङ डा. भरतबहादुर खत्री, लेखा प्रमुख निर्मल पौडेल, अधिकृत नरायण आचार्य तथा बैंकको तर्फबाट मुख्य शाखा प्रबन्धक रघुनाथ न्यौपाने, वरिष्ठ शाखाप्रमुख मोतिप्रसाद पौडेल र वरिष्ठ शाखाप्रमुख महेशप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया