Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १३ सय ८१ अंकमा

सेयर बजार परिसूचक १३ सय ८१ अंकमा


काठमाडौं, साउन २३
सेयर बजार परिसूचक ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक एक दशमलव २९ अंकले ओरालो लागेर १३ सय ८१ दशमलव ३७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६३ अंकले ओरालो लागेर दुुई सय ८९ दशमलव ५५ अंकमा झरेको छ । यसदिन कुुल एक सय ८६ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार २० हजार छ सय पाँचवटा कारोबारमा २३ लाख ४१ हजार सात सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९२ करोड नौ लाख ९७ हजार ५६ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कुुल १२ वटा समूहको कारोबार भएको छ । जसमध्ये छवटा समूहको सूचक उकालो लागेका छन् भने छवटा समूहको सूचक ओरालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ९३ अंकले ओरालो लागेर ११ सय ७९ दशमलव ९१ अंकमा झरेकोमा जलविद्युत् समूहको सूचक चार दशमलव १३ अंकले ओरालो लागेर नौ सय ४३ दशमलव ८३ अंकमा झरेको छ ।

यसैगरी होटल समूहको सूचक पनि नौ दशमलव २४ अंकले ओरालो लागेर आठ सय ३२ दशमलव चार अंकमा पुुगेकोमा लघुुवित्त समूहको सूचक पनि एक दशमलव ५६ अंकले ओरालो लागेर २३ सय ४७ दशमलव ७५ अंकमा झरेको छ । यीबाहेक अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः तीन दशमलव छ र शून्य दशमलव शून्य नौ अंकले ओरालो लागेका छन् । विकास बैंक समूहको सूचक भने १० दशमलव चार अंकले उकालो लागेर १७ सय ३८ दशमलव ६० अंकमा चढ्दा निर्जीवन बीमा समूहको सूचक पनि ३१ दशमलव ८७ अंकले उकालो लागेर छ हजार तीन सय छ दशमलव ८७ अंकमा चढेको छ ।

यसैगरी जीवन बीमा समूहको सूचक पनि ५० दशमलव आठ अंकले बढेर आठ हजार दुुई सय ७९ दशमलव ७४ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि चार दशमलव तीन अंकले उकालो लागेर छ सय ५४ दशमलव २८ अंकमा चढेकोे छ । यसैगरी होटल होटल समूहको सूचक ३३ दशमलव ८४ अंकले बढेको छ भने उत्पादनमूलक समूहको सूचक तीन दशमलव ५९ अंकले उकालो लागेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गुराँस लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० रुपैयाँले बढेर नौ सय २४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ रुपैयाँ ८२ पैसाले बढेर चार सय २५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको महिला सहयात्रा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य छ रुपैयाँ छ पैसाले घटेर छ सय ६७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको समिट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य पाँच रुपैयाँ ६८ पैसाले घटेर आठ सय ८० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक कालिका पावर लिमिटेड, नेसनल हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । उक्त कम्पनीको प्रतिकित्ता पाँच सय ७५ रुपैयाँ अन्तिम मूल्यमा ११ करोड ७८ लाख ५१ हजार ८८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता १३ सय २० रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ४४ लाख ३३ हजार छ सय ९४ रुपैयाँको सेयर किनबेच भएको छ । यि बाहेक एनआईसी एसिया बैंक, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया