Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागबेली लघुुवित्तको सेयर सूचीकृत

नागबेली लघुुवित्तको सेयर सूचीकृत


काठमाडौं, भदौ २५
नागबेली लघुुवित्त वित्तीय संस्थाको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार बुुधबार संस्थाको २६ प्रतिशतको अनुपातमा चार लाख ३५ हजार नौ सय ६६ दशमलव ७० कित्ता बोनस सेयर सूचीकृत भएको हो । पछिल्लो पटक पाँच सय ८८ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण एक अर्ब २४ करोड २३ लाख एक हजार एक सय १६ रुपैयाँ पुुगेको छ । संस्थाको नेप्सेमा भने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २१ करोड १२ लाख ७५ हजार सात सय रुपैयाँबराबरको २१ लाख १२ हजार सात सय ५७ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया