Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको ‘स्क्यान र विथ ड्र’ सेवा

सिटिजन्स बैंकको ‘स्क्यान र विथ ड्र’ सेवा


काठमाडौं, भदौ ३१
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘स्क्यान र विथ ड्र’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार विश्वको अधिकांश मुलुकहरू कोरोना भाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान र विथ ड्र सेवाको सुरुवात गरिएको हो । स्क्यान र विथ ड्रमार्फत ग्राहकहरूले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जनाएको छ ।

बैंकले हाललाई यो सेवा काठमाडौँं उपत्यकाका दरबारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देशभरिका अन्य शाखाहरूबाट समेत प्रवाह गर्ने उद्देश्यका साथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताएका छन् ।

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथसाथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षालाई उच्चप्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यका साथ स्क्यान र विथ ड्र सेवा प्रयोगमा ल्याइएको हो । यसको प्रयोगसँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरिका आफ्ना एक सय १० वटा शाखा, ९८ वटा एटीएम र एक सय चारवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू चुस्त दुरुस्त, छिटोछरितो तवरले प्रदान गर्न हरसम्भव प्रयास गरिरहेको छ ।

नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै बैंकले लकडाउनको अवधिमा पनि ग्राहकहरूको सुविधाका लागि नगद राख्ने/झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका अत्यावश्यक सेवाहरू सेवा प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखामध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ सेवा दिँदै आएको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु-याउने उद्देश्यले बैंकले बैंकको डेविट कार्ड नेपालभरका कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा नौ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) नौ दशमलव ५० प्रतिशत वार्षिक ब्याजदरमा र मोटर्गेज लोन (व्यक्तिगत कर्जा) १० दशमलव ९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना सञ्चालनमा ल्याएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया