Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५ छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा २५ छुट पाउने


काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यास व्याक प्राप्त गर्ने भएका छन् । बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकहरू, मोबाइल बैकिङ प्रयोगकर्ताहरू तथा, इन्टरनेट बैकिङ प्रयोगकर्ताहरूले पस, क्यूआर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डट कममा एक हजारभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५ सय रुपैयाँसम्मको क्यासव्याक प्राप्त गर्नसक्ने भएका हुुन् ।

बैंकका अनुसार यो योजना यही कात्तिक छ गतेसम्म लागू हुनेछ । नजिकिँँदै गरेको महान चाड दशैँलाई लक्षित गरी ल्याइएको यो योजनाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्तगरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुने र कोभिड नियन्त्रणविरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ११ वटा शाखा, ९९ वटा एटीएम र एक सय चारवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड बीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकहरूलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरूमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यसप्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास समेत बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया