Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरोमाइक्रोफाइनान्सले १७ दशमलव ८३ प्रतिशत लाभांश दिने

मेरोमाइक्रोफाइनान्सले १७ दशमलव ८३ प्रतिशत लाभांश दिने


काठमाडौं ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १७ दशमलवव ८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रुपैयाँमध्येबाट १६ दशमलव ९३ प्रतिशत अर्थात् १४ करोड ४८ लाख ६० हजार रुपैयाँ बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशतले हुन आउने ७६ लाख २४ हजार दुुई सय १० रुपैयाँ बोनस सेयरको लागि कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही कात्तिक १९ गते बसेको एक सय दुुईऔं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया