ग्लोबल आईएमई बैंकको संस्थागत ग्राहकलक्षित ‘कर्पोरेट–पे’ प्रणाली

काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले संस्थागत ग्राहकलक्षित कर्पोरेट–पे प्रणालीको सुरुवात गरेको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट–पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौतामा ग्लोवल आईएमई बैंकका तर्फबाट वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुुन् ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत ग्राहकहरूले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू सजिलै गर्न सक्नेछन् । त्यस्तै, उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबारहरू गर्न सकिनेछ । यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टीकेसनको सुरक्षित व्यवस्था गरिएको छ । साथै ग्राहकले आफ्नो आवश्यकताअनुरूप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू पनि लिङ्क गरी कारोबार गर्न सकिने सुविधा रहेको छ ।
बैंकले आफ्ना ग्राहकहरूका लागि विभिन्न किसिमका डिजिटल भुक्तानी प्लाटफर्महरू प्रदान गर्दै आएको छ । यस कर्पोरेट–पे प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरूलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न थप टेवा पुग्नेछ । यो प्रणालीको प्रयोग र विस्तारपश्चात् भौतिकरूपमा बैंकमा नपुगी अनलाइनमार्फत विभिन्न भुक्तानी गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई यसबाट सहजरूपमा सेवा प्रदान गर्न सकिने बैंकको विश्वास रहेको छ ।
ताजा अपडेट
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
- मन्त्री नेम्वा·लाई थाहै नदिई सरुवाबढुवाको सूची !
- खुम्चियो सेयरबजार
- बैंकिङ क्षेत्रको आन्तरिक कारोबार घट्यो
- राष्ट्रिय वाणिज्य बैंक चितवनको छाप किर्ते गरी रकम अपचलन गर्ने परियार पक्राउ
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया