Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा सामुदायिक अस्पताललाई ‘बेबी वार्मर’ सहयोग

ज्योति विकास बैंकद्वारा सामुदायिक अस्पताललाई ‘बेबी वार्मर’ सहयोग


काठमाडौँ ।
ज्योति विकास बैंकले बेबी वार्मर सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवर्द्धन कोष’बाट कपिलवस्तु सामुदायिक अस्पताल, कपिलवस्तुलाई एक थान बेबी वार्मर सहयोग गरेको हो । अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरूपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।

कार्यक्रममा बैंकका तर्फबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, बैंकका जीतपुर शाखाका शाखा प्रबन्धक लक्ष्मण केसी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सञ्जयबहादुर सिंहद्वारा संयुक्तरूपमा कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, वाणगंगा नगरपालिका वडा नं ४ कपिलवस्तुका वडा अध्यक्ष गणेशबहादुर क्षेत्रीका साथै विभिन्न स्थानीय निकायका पदाधिकारीहरूको उपस्थितिका बीच सो बेबी वार्मर औपचारिकरूपमा हस्तान्तरण गरिएको हो ।

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट कपिलवस्तु सामुदायिक अस्पतालमा प्रसुति सेवा लिन आउने बार्षिक करिब पाँच सय जना प्रत्यक्ष्यरूपमा लाभान्वित हुनेछन् । सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पीपीई र फेस शिल्डजस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्षरूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ ।

बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा न्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरूलाई हस्तान्तरण गर्ने सहकार्यका लागि आठ लाख प्रदान गरेको थियो ।

हाल बैंकले एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४५ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया