Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको दुईवटा नयाँ निक्षेप योजना

मेगा बैंकको दुईवटा नयाँ निक्षेप योजना


काठमाडौं, पुस २२
मेगा बैंकले दुईवटा नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले ‘मेगा विश्वास बचत खाता’ नामक नयाँ बचत योजनाका साथै ‘मेगा माया बचत खाता’को नयाँ संस्करण ल्याएको हो । ग्राहकहरूकै अटुट विश्वासका कारण बैंक अफ दि इयर २०१९ बाट सम्मानित भएको अवसरमा मेगा बैंकले ग्राहकहरूलाई धन्यवादस्वरूप ‘मेगा विश्वास बचत खाता’ योजना ल्याएको हो । छ दशमलव पाँच प्रतिशत आकर्षक ब्याज पाइने यो बचत खातामा ग्राहकहरूलाई १७ वटा आकर्षक सुविधा तथा छुटहरूको व्यवस्था गरिएको छ । यसैगरी, मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्करूपमा जारी गरिने र क्रेडिट कार्ड जारी गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । यो बचत योजनाले ग्राहकहरूको विश्वासलाई थप प्रगाढ बनाउने बैंकले जनाएको छ ।

ग्राहकहरूलाई आकर्षक एवं नवीनतम सुविधाहरू प्रदान गर्दै बैंकले ‘मेगा माया बचत खाता’ को २०२० संस्करण पनि ल्याएको छ । नियमित बचतसँगै स्वास्थ्य र जीवन सुरक्षाको पनि अनुभूत गराउने उद्देश्यले मेगा बैंकले ल्याएको यस योजनामा सम्बन्धित ग्राहकको १० लाख रूपैयाँसम्मको दुर्घटना बीमा, तीन लाख रूपैयाँसम्मको प्राणघातक रोगहरूको बीमा र एक लाख रूपैयाँसम्मको स्वास्थ्य बीमाको व्यवस्था बैंक आफैंले बीमा प्रिमियम शुल्क व्यहोर्ने गरी बीमा प्रदायक कम्पनी नेको इन्स्योरेन्समार्फत गर्ने भएको छ ।

आकर्षक ब्याजदर रहेको यस बचत योजनामा ग्राहकहरूले मोबाइल बैंकिङ र डेबिट कार्ड निःशुल्करूपमा पाउने छन् भने क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । ग्राहकहरूको विश्वास जित्दै अघि बढिरहेको मेगाको देशभर एक सय ११ शाखा, २० एक्सटेन्सन काउन्टर, एक सय १४ एटीएम, एक सय १९ शाखारहित बैंकिङ केन्द्रहरू र २५ सयभन्दा बढी मेगा रेमिटको सञ्जाल रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया