Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र उत्थान लघुवित्तको दोस्रो त्रैमासिक नाफा एक करोड ४८ लाख

राष्ट्र उत्थान लघुवित्तको दोस्रो त्रैमासिक नाफा एक करोड ४८ लाख


काठमाडौं  ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ४८ लाख १९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड १८ लाख ३४ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १८ करोड ५० लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६२ करोड ९८ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८३ करोड ६३ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ११ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ९२ लाख ८६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले पाँच करोड ७८ लाख ८० हजार रुपैयाँ निक्षेप संंकलन गरी एक अर्ब २० करोड ५२ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड २३ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया