Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको सेवा बी एण्ड बी हस्पिटल परिसरमा

एनएमबी बैंकको सेवा बी एण्ड बी हस्पिटल परिसरमा


काठमाडौं ।
एनएमबी बैंकले बी एण्ड बी हस्पिटल परिसरमा पनि सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार उपचारको लागि आउने व्यक्ति तथा कर्मचारीहरूलाई सहज होस् भन्ने उद्देश्यले एटीएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बी एण्ड बी बोर्डको तर्फबाट डा. सरोज वैद्यले संयुक्तरूपमा गरेका हुन् ।

कार्यक्रममा एनएमबी बैंकबाट कर्मचारीहरूका साथै बी एण्ड बीका तर्फबाट डा. रिना वैद्य, विवेक श्रेष्ठ, चेतना बाँसकोटालगायत व्यक्तिहरूको उपस्थिति थियो । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै र सुरक्षाका उपायहरू अवलम्बन गरी उक्त कार्यक्रम गरिएको थियो । बैंकले हाल देशभरि एक सय ८० शाखाहरू, एक सय ३६ एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया