प्रदेश नं. १ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता

काठमाडौं ।
प्रदेश नं. १ को सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं. १ को पूर्वाधार क्षेत्रको विकासका लागि परियोजना विकास तथा कार्यान्वयनको चरणमा आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग र अन्य आवश्यक सेवाहरूको सम्बोधन गर्न प्रदेश नं. १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता भएको हो ।
सम्झौताको मूल उद्देश्य प्राविधिक र आर्थिकरूपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजनाहरू पहिचान गर्नु र सम्भावित परियोजनाहरूमा वित्तीय तथा प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लगानी आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट प्रदेश नं. १ मा पूर्वाधारका परियोजनाहरूको विकास तथा कार्यान्वयन गर्नु रहेको बैंकले जानकारी दिएको छ ।
प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको उपस्थितिमा उक्त समझदारीपत्रमा प्रदेश नं. १ को सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा. सरोज कोइराला र नेपाल इन्फ्रास्ट्रक्चर बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन् । सोही कार्यक्रममा निर्देशक डा. सरोज कोइरालाले प्रदेश नं. १ मा कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेसन प्रोजेक्टलगायतका केही पूर्वाधारका परियोजनाहरूको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भइसकेको जानकारी गराए ।
मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनाहरूलाई आवश्यक सहयोग पु¥याउने उद्देश्य लिई, सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रदेश नं. १ सँग समझदारीपत्रमा हस्ताक्षर गरेसँगै आगामी दिनमा मुलुकका अन्य प्रदेश सरकारहरू एवं स्थानीय निकायहरूसँग समेत यसैगरी सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- बजार परिसूचक २७ सय ३५ दशमलव ४६ बिन्दुमा
- माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा पवित्र वागेश्वरी मन्दिरमा
- एनआईबीएल एस क्यापिटलको सचेतनामूलक कार्यक्रम
- प्रभुु बैंकको अध्यक्षमा सिटौला चयन
- सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको लालपत्तामा
- धितोपत्र बोर्डद्वारा ‘एनआईबीएल समृद्धि फण्ड–२’ नामको बन्दमुखी योजना सञ्चालन गर्न अनुुमति
- चीनको जीडीपी १८.३ प्रतिशत वृद्धि
- विदेशमा भारतीय कम्पनीले एकै महिनामा गरे झण्डै दुई अर्ब डलर लगानी
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- जघन्य अपराधमा राज्य उदासीन
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
तपाईको प्रतिक्रिया