Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई पाँच लाख रुपैयाँ सहयोग

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई पाँच लाख रुपैयाँ सहयोग


काठमाडौं ।
महालक्ष्मी विकास बैंकले बाल सारथीलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले, अनाथ तथा विपन्न वर्गका बालबालिकाहरूलाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको काठमाडौँ महानगरपालिकावडा नं. ८, जयबागेश्वरीमा रहेको बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरूप पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।

बिहीबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपाञ्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी हुुन् । उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकाहरूलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण समेत प्रदान गरेकी थिइन् ।

हाल देशभर एक सय तीनवटा शाखाहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया